Connect IPS
IME Life

शेयर बजार सम्बन्धी मौद्रिक व्यवस्था यथावत, तरलता सहज हुँदा स्वत प्रभाव पार्छ: राष्ट्र बैंक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार सम्बन्धी सम्पुर्ण मौद्रिक व्यवस्था यथावत राखिएको नेपाल राष्ट्र बैंकले प्रष्ट पारेको छ । शेयरधितो कर्जामा लगाइएका व्यवस्थालाई तत्काल परिवर्तन गर्ने वेला नभएको राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले जानकारी दिएका छन् । अझै पनि अन्तर्राष्ट्रिय अवस्था सहज नभएको हुँदा राष्ट्र बैंकले आफ्नो मौद्रिक कार्यदिशाबाट तल माथि हुने अवस्था नरहेको भट्टले प्रष्ट पारे । सबै पक्षलाई ध्यानामा राखेरै राष्ट्र बैंकले यस्तो निर्णय गरेको उनले बताए ।

शेयर बजारलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा व्याजरले प्रभाव पार्ने भएकाले राष्ट्र बैंक व्याजदर घटाउने कार्यदिशामा रहेको हुँदा यसैबाट लगानीकर्ताले फाइदा लिन सक्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठले जानकारी दिए ।

Prabhu
Crest

राष्ट्र बैंकले आयातमा लगाउदै आएको प्रतिवन्धलाई हटाएको छ । वैदेशिक मुद्राको सञ्चिती बढ्दै गएकोले यस्तो व्यवस्थामा लगाइएको प्रतिवन्ध हटाइएको श्रेष्ठले जानकारी दिए । राष्ट्र बैंकले आयातमा लगाउदै आएको सत प्रतिशत नगद मार्जीनको व्यवस्था हटाएको छ । मागमा कमि आए सँगै राष्ट्र बैंकले यस्तो व्यवस्थालाई हटाएको जनाएको छ ।

राष्ट्र बैंकले दैनिक तरलता व्यवस्थापनमा दिएको सुविधा अन्तर्गतको व्याजदरमा घटाउदै गर्दै कर्जाको व्याजदरमा पनि प्रभाव पार्ने श्रेष्ठले जनाए । राष्ट्र बैंकले अन्तर्राष्ट्रिय अभ्यास अनुसार नै यस्तो व्यवस्था गरिएको भट्टले जानकारी दिए । उनले भने ‘अहिलेको व्यवस्थाले कर्जाको लागत घटाउन मद्दत गर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS