IME Life
GBIME

राष्ट्रिय बीमा कम्पनीको नाफा ९२% ले बढ्दा अधिकांश सूचकमा देखियो उत्साहजनक प्रगति

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०७९ /८० को पुस मसान्तसम्मको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा प्रगति गरेको देखिएको छ । यस अवधिमा कम्पनीले सबै सूचकहरुमा राम्रो प्रदर्शन गरेको वित्तीय विवरणमा देखिएको छ ।

यस अवधिसम्ममा कम्पनीले ३७ करोड ४१ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ४३ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ९२ प्रतितशले बढी आएको हो ।

Crest

२६ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३ अर्ब ५७ करोड २३ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको जगेडा कोषको आकार बृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३ अर्ब २४ करोड रुपैयाँ थियो । यस अवधिमा कम्पनीको बीमा कोषमा २ अर्ब ८५ करोड ४० लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले २१ करोड २१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले करोड १२ करोड ८८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ६४ प्रतिशतले बढी हो ।

कम्पनीले यस अवधिमा ३ करोड ३९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ९२ लाख ३६ हजार रुपैयाँ मात्रै खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी बृद्धि गर्न सफल भएको छ । अर्थात गत आर्थिक वर्षको तुलनामा कम्पनीले यस अवधिमा धेरै दाबी भुक्तानी गरेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २८९ रुपैयाँ ६७ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १४३९ रुपैयाँ ७७ पैसा रहेको छ । यस अवधिमा कम्पनीले ६ करोड ८३ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । यस अवधिमा कम्पनीले १ अर्ब २८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

78%

खुसी

0%

दु :खी

22%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS