Connect IPS
IME Life

मौद्रिक समिक्षा अगाडी शेयर बजारमा सुधार, १२ करोडको सिलिङ परिमार्जन हुने चर्चाले लगानीकर्ता उत्साही

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक समिक्षा सार्वजनिक गर्नु अगाडी आज बिहीबार नेप्से सूचक १२.४३ अंकले बढेको छ । राष्ट्र बैंकले भोलि अर्धवार्षिक मौद्रिक समिक्षा गर्दैछ । मौद्रिक समिक्षामा शेयरधितोकर्जामा लगाउदै आएको १२ करोडको सिलिङलाई परिवर्तन गर्ने चर्चाले गत मंगबार नेप्से सूचक ७६ अंकले सुधार भएको थियो । तर हिजो बुधबार लगानीकर्ताले ह्वात्तै बढेको बजारबाट नाफा बुक गर्दा खोज्दा उल्टै घट्यो ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गभर्नर महाप्रसाद अधिकारीलाई शेयर बजार मैत्री मौद्रिक समिक्षा सार्वजनिक गर्न निर्देशन दिदै आएका छन् । अर्थमन्त्री पौडेलका छोरा आफै शेयर ब्रोकर हुन् । त्यसैले गर्दा पौडेल शेयर बजार प्रति सकारात्मक मानिन्छन् ।

Prabhu
Crest

यहि आधारमा शेयर बजारले पौडेललाई सकारात्मक मान्ने गरेको छ । गभर्नर अधिकारीले यस भन्दा अगाडी अर्थमन्त्री जनार्दन शर्मालाई असफल बनाउन हदैसम्मको प्रयास गरे । तर अर्थमन्त्रीमा पौडेलको इन्ट्रि सँगै अधिकारी सबै कुरामा सकारात्मक छन् । गभर्नर अधिकारीले नै शेयर बजार अधिकतम विन्दुमा पुगेको समयमा बजार तल झार्न सुनियोजित रुपमा शेयर धितोकर्जामा ४/१२ करोडको सिलिङ तोकिदिएका थिए ।

यदि गभर्नर अधिकारीले शेयर धितोकर्जामा लगाएका व्यवस्थामा लचकता अपनाए पनि बजारले पुनः गति लिने विश्लेषकहरु बताउछन् । बिहीबार नेप्से सूचक १२.४३ अंकले बढेर २१८२.६१ अंक पुगेको छ । आजको कारोबारमा अधिकाम्स समय बजार तल्लो विन्दुमा थियो । अन्तिम समयमा शेयर बजारमा सुधार देखिएको हो । अन्तिम समयमा सुधार देखिएकाले पनि कारोबार रकम खासै धेरै हुन पाएन । बजार तल्लो विन्दुमा रहेको वेलामा बढाएर बिक्रीमा राखिएका शेयर अन्तिम समयमा बिक्री भएका छन् । अन्तिम समयसम्म डेढ अर्ब पनि कारोबार नभएकोमा अन्तिम समयमा २ अर्ब ६ करोडको कारोबार भएको छ ।

बिहीबार १५२ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ भने ५८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज वाराही हाइड्रोपावरको शेयरमा सर्किट लाग्ने क्रममा ५७ रुपैयाँले बढेर ६२७ कायम भएको छ । आज म्युचुअल फण्ड बाहेक सम्पुर्ण सूचकमा सुधार देखिएको छ । आज सबैभन्दा धेरै विकास बैंक र हाइड्रोपावरको सूचकमा सुधार देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS