काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १२ दशमलव ४३ अंकले बढेर २,१८२ दशमदव ६१ को विन्दुमा कायम भएको छ । आज २५७ कम्पनीको ५६ लाख ४८ हजार २१२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ५ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ५ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावर कम्पनीको ५ करोड ३३ लाख रुपैयााको शेयर कारोबार भएको छ ।