Connect IPS
IME Life

कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुमारी बैंक लिमिटेडले माघ २६ गतेदेखि २७ लाख ५५ हजार २५३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले साबिक नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापकसँगै अन्य सर्वसाधारण व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३८ रुपैयाँ तोकिएको छ । शेयर खरीद गर्न इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

Prabhu
Crest

फागुन ११ गतेसम्म गोप्यशिलबन्दी बोलपत्र पेश गर्ने अवधि तोकिएको छ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । १० लाखभन्दा बढीको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने बैंकले जनाएको छ ।

यस शेयरको विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS