Connect IPS
IME Life

नेपाल इन्स्योरेन्स कम्पनीको मुनाफा ४७ प्रतिशतले बढ्यो, खुद बीमा शुल्क आर्जनमा भने गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको मुनाफा ४७ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाशिक अवधिमा १५ करोड ३२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले १० करोड ३८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद बीमा शुल्क आर्जनमा भने १० प्रतिशतले गिरावट आएको छ । समिक्षा अवधिमा कम्पनीले ३९ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने गत वर्षको यहि अवधिमा ४३ करोड ५५ लाख रुपैयाँ थियो । त्यस्तै कुल बीमा शुल्क आर्जनमा भने सामान्य सुधार देखिन्छ । यस अवधिमा यस्तो आर्जन ७९ करोड ३६ लाख रुपैयाँ छ ।

Prabhu
Crest

बीमा शुल्क आर्जन घटे पनि कम्पनीले दाबी भुक्तानी भने बढाएको छ । यस वर्ष कम्पनीले ११ करोड ४८ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ भने अझै ९८ करोड ८५ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । गत वर्षको यहि अवधिमा भुक्तानी हुन बाँकी दाबी रकम एक अर्ब ३२ करोड थियो ।

जारी बीमालेख संख्या घटेको छ । समिक्षा अवधिमा जारी बीमालेख संख्या ८७ हजार ९४२ वटा मात्रै छ । जवकी गत वर्षको यहि अवधिमा ८९ लाख ८८५ वटा थियो ।

नेपाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ३७ करोड छ  भने जगेडा कोषमा ४७ करोड ७७ लाख रुपैयाँ जम्मा गरेको छ । प्रतिशेयर आम्दानी २२ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS