IME Life
Beema Board

मेट लाइफको जीवन बीमा कोष २१ अर्ब माथि, अन्य सूचक कस्ता ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मेट लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष ७९/८० को दोश्रो त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । प्रकाशित तथ्यांक अनुसार कम्पनीले गत आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा ३९ दशमलव ९२ प्रतिशत धेरै खुद नाफा गर्न सफल भएको छ । कम्पनीले अहिले दोश्रो त्रैमाससम्म १४ करोड ५३ लाख खुद नाफा गर्दा गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १० करोड ३९ लाख खुद नाफा गरेको थियो ।

कम्पनीले चालु आर्थिक वर्षको पुष महिनासम्म २ अर्ब ४० करोड खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत वर्ष ६ महिनामा २ अर्ब ५३ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा खुद बीमा शुल्क ५ प्रतिशतले कम भएको छ ।

Prabhu
Crest

कम्पनीको जगेडा कोषमा २ अर्ब ७५ करोड संचित छ । जगेडा कोष रकम ७ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कम्पनीको एउटा महत्वपूर्ण सूचक जीवन बीमा कोषको आकार ११ दशमलव ५२ प्रतिशतले वृद्धि हुँदै २१ अर्ब ८७ करोड पुगेको छ । गत वर्ष पुष मसान्तसम्म जीवन बीमा कोषमा १९ अर्ब ६१ करोड संचित थियो ।

गत वर्ष भन्दा कम्पनीले ३८ दशमलव १० प्रतिशत कम दाबी भुक्तानी गरेको छ । कम्पनीले १ अर्ब ३५ करोड खुद दावी भुक्तानी गरेको छ ।
त्यस्तै भुक्तानी हुन् बाँकी दाबी रकम ६८ करोड ११ लाख रहेको छ, जुन एक वर्ष अघि ८१ करोड ३१ लाख थियो । भुक्तानी हुन् बाँकी दाबी रकम १६ दशमलव २३ प्रतिशतले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS