IME Life
Beema Board

रिलायबल लाइफको जीवन बीमा कोष ५६% बढ्यो, शत प्रतिशत दाबी भुक्तानी गर्न सफल 

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष ७९/८० को दोश्रो त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । प्रकाशित तथ्यांक अनुसार कम्पनीले गत आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा २१ दशमलव ९० प्रतिशत धेरै खुद नाफा गर्न सफल भएको छ । कम्पनीले अहिले दोश्रो त्रैमाससम्म २२ करोड माथि खुद नाफा गर्दा गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १८ करोड ०५ लाख खुद नाफा गरेको थियो ।

कम्पनीले चालु आर्थिक वर्षको पुष महिनासम्म १ अर्ब ७२ करोड खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

Prabhu
Crest

२ अर्ब ८० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा १ अर्ब २८ करोड संचित छ । जगेडा कोष रकम २८ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कम्पनीको एउटा महत्वपूर्ण सूचक जीवन बीमा कोषको आकार ५५ दशमलव ८१ प्रतिशतले वृद्धि हुँदै ५ अर्ब ६२ करोड पुगेको छ । गत वर्ष पुष मसान्तसम्म जीवन बीमा कोषमा ३ अर्ब ६१ करोड संचित थियो ।

प्रकाशित तथ्यांक अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १५ रुपैयाँ ७२ पैसा र प्रति शेयर नेट्वर्थ १५० रुपैयाँ ६५ पैसा छ ।

कम्पनीले शत प्रतिशत दाबी भुक्तानी गर्न सफल भएको छ । त्यसैले कम्पनीको भुक्तानी हुन् बाँकी दाबी शिर्षकमा कुनै रकम छैन । यसलाई यस क्षेत्रमा निकै सकारात्मक रुपमा लिन सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS