काठमाडौं । हिजो बढेको बजार आज घटेको छ । आज नेप्से परिसूचक ७ दशमलव १३ प्रतिशतले घटेर २,१७० दशमलव १३ को विन्दुमा कायम भएको छ । आज ६७ कम्पनीको शेयर मुल्य बढेको छ भने १४२ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीका लगानकिर्ताले कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले ३ दशमलव ३२ प्रतिशतका दरले कमाएका हुन् ।
त्यस्तै, धौलागिरी लघुवित्तका लगानीकर्ताले ३ दशमलव ०८ प्रतिशतका दरले कमाएका छन् । राद्यी विद्युत कम्पनीका लगानीकर्ताले २ दशमलव ५९ प्रतिशतका दरले कमाएका छन् । प्राइम लाइफ इन्स्योरेन्सका लगानीकर्ताले २ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् ।