IME Life

शिखर इन्स्योरेन्सका सिइओ पाण्डेको वार्षिक तलब सुविधा एक करोड ९६ लाख

SPIL
NIC ASIA

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेको वार्षिक तलब सुविधा एक करोड ९६ लाख रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई तलब भत्ता बापत एक करोड २१ लाख रुपैयाँ दिएको छ । उनले नयम अनुसार अन्य सुविधाहरु बापत ७० लाख ४ हजार रुपैयाँ पाएका छन् ।

कम्पनीले पाण्डेलाई जीवन बीमा पोलिसीको ४ लाख ६१ हजार रुपैयाँ प्रिमियम भुक्तानी गरिदिएको छ । त्यस्तै दुर्घटना बीमाको लागि ३९ सय र स्वास्थ्य बीमाको लागि ८४०० रुपैयाँ भुक्तानी गरिदिएको छ । यसमा नियम अनुसार पाउने बोनस रकमलाई लेखापरीक्षण प्रतिवेदनमा स्पष्ट देखाइएको छैन । यदि बोनस रकम पनि जोड्ने हो भने उनको सेवा सुविधा सहित कुल रकम २ करोड नाघ्ने देखिन्छ । जुन लेखापरीक्षणमा खुलाइएको छैन । पाण्डेले प्राप्त गरेको उक्त रकममा दशै भत्ता, बैठक भत्ताहरु जोडिएको छ ।

Prabhu
Crest

उच्च व्यवस्थापन तहका कर्मचारीहरुलाई कुल ७ करोड ७१ लाख ११ हजार रुपैयाँ भुक्तानी गरिएको कम्पनीले जनाएको छ । कम्पनीका कर्मचारीहरुले यस रकमका अतिरिक्त विदाबापतको रकम, जीवन बीमा बापतको रकम, गाडी सुविधा भत्ता र इन्धन सुविधा समेत प्रदान गरिएको छ ।

सञ्चालकहरुले पनि गत आर्थिक वर्षमा बैठक भत्ता बापत १९ लाख ८० हजार रुपैयाँ बुझेका छन् । संचालक समितिको बैठक खर्च ७ लाख ६५ हजार रुपैयाँ रहेको छ । अन्य समितिहरुको बैठक भत्ता बापत १९ लाख ३७ हजार खर्च भएको छ ।

कम्पनीले आज एकै दिनमा दुई आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेको छ । सभाले दुई आर्थिक वर्षको सञ्चित मुनाफाबाट १६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पनि पारित भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

0%

दु :खी

29%

अचम्मित

0%

उत्साहित

43%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS