Prabhu Life Ad Final

प्रिमियर इन्स्योरेन्स कम्पनीको मुनाफामा सामान्य सुधार, खुद बीमा शुल्क आर्जन ८ प्रतिशतले घट्यो

IME PAY

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाशिक अवधिमा ०.३४ प्रतिशतले मात्रै मुनाफा बढाएको छ । कम्पनीले पुस मसान्तसम्ममा १५ करोड ६१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले १५ करोड ५६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

खुद बीमा शुल्क आर्जन भने ८.०१ प्रतिशतले घटेको छ । समिक्षा अवधिमा कम्पनीले ४२ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ४६ करोड ९ लाख रुपैयाँ थियो । कुल बीमा शुल्क आर्जन भने २ प्रतिशलते मात्रै घटेको छ । कम्पनीले समिक्षा अवधिमा एक अर्ब ७ करोड रुपैयाँ आर्जन गरेको देखिन्छ ।

NCHL

खुद दाबी भुक्तानीमा भने उल्लेख्य सुधार गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा २२ करोड ४५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत वर्षको तुलनामा यस वर्ष भुक्तानी हुन बाँकी दाबी रकम ६६ प्रतिशतले घटाउन सफल भएको छ । कम्पनीले अझै एक अर्ब ३० करोड रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ । जवकी गत वर्षको यहि अवधिमा यस्तो रकम तीन अर्ब ८७ करोड थियो ।

कम्पनीको जारी बीमालेख संख्यामा पनि गिरावट आएको छ । कम्पनीले हाल ७५ हजार ६५ वटा पोलिसी मात्रै जारी गरेको छ । चुक्ता पूँजी ३० प्रतिशतले बढेर एक अर्ब ४० करोड पुगेको छ भने जगेडा कोष ३५ प्रतिशतले घटे ३० करोडमा झरेको छ । प्रतिशेयर आम्दानी २२ रुपैयाँ छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

67%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x