IME Life

सानिमा लाइफको जीवन बीमा कोषमा ४४ प्रतिशतको वृद्धि, अन्य सूचक कस्ता?

SPIL
NIC ASIA

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष ७९/८० को दोश्रो त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । प्रकाशित तथ्यांक अनुसार कम्पनीले गत आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा २३ दशमलव ६३ प्रतिशत धेरै खुद नाफा गर्न सफल भएको छ । कम्पनीले अहिले दोश्रो त्रैमाससम्म ११ करोड ६१ लाख खुद नाफा गर्दा गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ९ करोड ३९ लाख खुद नाफा गरेको थियो ।

आम्दानी ११ दशमलव ३८ प्रतिशतले वृद्धि हुँदा व्यवस्था तथा खर्च सिर्षक २० दशमलव ७३ प्रतिशत कम  हुँदा कम्पनीको नाफा वृद्धि हुन टेवा पुगेको हो ।

Prabhu
Crest

कम्पनीले चालु आर्थिक वर्षको पुष महिनासम्म शून्य दशमलव ८५ प्रतिशत धेरै खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ। गत वर्ष ६ महिनामा १ अर्ब १६ करोड खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले अहिले १ अर्ब १७ करोड आर्जन गरेको छ ।
२ अर्ब चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ३५ करोड ९० लाख संचित छ। जगेडा कोष रकम ८ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कम्पनीको एउटा महत्वपूर्ण सूचक जीवन बीमा कोषको आकार ४४ दशमलव ३८ प्रतिशतले वृद्धि हुँदै ४ अर्ब ८ करोड पुगेको छ। गत वर्ष पुष मसान्तसम्म जीवन बीमा कोषमा २ अर्ब ८२ करोड संचित थियो ।

प्रकाशित तथ्यांक अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ११ रुपैयाँ ६२ पैसा र प्रति शेयर नेट्वर्थ १२० रुपैयाँ १९ पैसा छ । कम्पनी अहिले रिलायन्स लाइफ इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS