काठमाडौं । आज शेयर बजारमा भारी अंकको बृद्धिसँगै लगानीकर्ता उत्साहित भएका छन् । आज शेयर बजार नेप्से परिसूचक ७६ दशमलव ६४ अंकले बढेर २,१७७ दशमलव ३४ को विन्दुमा कायम भएको छ । आज २१५ कम्पनकिो शेयर मुल्य बढेको छ ।
आज चार कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् । यी चार कम्पनहिरु बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत कम्पनी र आदर्श लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । रिडी पावर कम्पनीका लगानकिर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै आइसीएफसी डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । यस कम्पनीका डिबेञ्चर इकाईधनीले ५ दशमलव ९० प्रतिशतका दरले गुमाएका हुन् ।