काठमाडौं । आज शेयर बजारमा भारी अंकको बृद्धिसँगै लगानीकर्ता उत्साहित भएका छन् । आज शेयर बजार नेप्से परिसूचक ७६ दशमलव ६४ अंकले बढेर २,१७७ दशमलव ३४ को विन्दुमा कायम भएको छ । आज २१५ कम्पनकिो शेयर मुल्य बढेको छ
आज दिनभरिमा २६० कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । आज कम्पनीको १२ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, ङादी ग्रुप पावर कम्पनीको ११ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ९ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स ८ करोडमाथिको शेयर कारोबार भएको छ ।