काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सुचना जारी गर्दै संस्थापक शेयरधनीको नाममा रहेको ३१ हजार ५३१ कित्ता शेयर बिक्री गर्न लागेको हो ।
उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय टंगाल, काठमाडौंमा बोलपत्र पेश गर्न सक्नेछन् ।
बैंकले तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमनअनुसार उक्त शेयर अन्य कुनै व्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले जानकारी दिएको छ ।