काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले विक्री नभएको हकप्रद शेयर फागुन १ गतेदेखि लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले संस्थापकतर्फको ५ लाख ५६ हजार ६७४ दशमलव ५७ कित्ता र सर्वसाधारतर्फको ५८ हजार ४२९ दशमलव ९० कित्ता गरी कूल ६ लाख १५ हजार १०४ दशमलव ४७ कित्ता शेयर लिलामीमा विक्री गर्ने जनाएको छ ।
उक्त शेयरमा आवेदकले फागुन १५ गते बैकिङ्ग समयसम्म बोलपत्र पेस गर्न सक्नेछन् । शेयर खरीद गर्न इच्छुक व्यक्ति,कम्पनी संस्थाहरुले न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्न सक्ने कम्पनीले बताएको छ ।
बोलपत्र पेस गर्दा संस्थापक शेयरको लागि न्यूनतम १००० कित्ता र सर्वसाधारण शेयरको लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले बताएको छ ।
विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।