काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।
माघ २३ गते बसेको सञ्चालक समितिको बैठक हाल कायम चुक्ता पूँजीको कुल २१ दशमलव ०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
जसमध्ये २० प्रतिशत बोनश शेयर र कर प्रयोजनक लागि समेत गरी ० दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुले प्राप्त गर्नेछन् ।