काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफुले कुनै वित्तीय गल्ती नगरेको दाबी गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै हमालले यदि कुनै कमजोरी देखियो भने टुँडुखेलमा लगेर झुण्ड्याउँदा हुने बताएका छन् ।
हमालले आफुलाई घेराबन्दीमा पारिएको भन्दै चौतर्फी आक्रमण भएको भएको दाबी गरेका छन् । हमाल २० वर्ष विदेशमा रहेको भन्दै सञ्चार माध्यमले उनको दोहोरो नागरिकताको प्रश्न गरेका थिए । उनले आफै प्रेश विज्ञप्ति तथा पत्रकार सम्मेलन गरेर आफुले कुनै पनि देशको नागरिकता नलिएको दाबी गरेका छन् । हमालले आफूले मात्रै नभइ आफ्ना परिवारका कुनै पनि सदश्यले विदेशी नागरिकता नलिएको जिकिर गरेका छन् । उनले आफ्नो छोरा थाइल्याण्डमा जन्मिए पनि ललितपुर जिल्लाबाट नागरिकता लिएको बताए ।