काठमाडौं । आज कारोबारको अन्तिममा नेप्से परिसूचक बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४ दशमलव ५७ अंकले बढेर २,१०० दशमलव ६५ को विन्दुमा कायम भएको छ । आज १०४ कम्पनकिो शेयर मुल्य बढेको छ भने ९५ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । महुली लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले ५ दशमलव ५१ प्रतिशतका दरले कमाएका छन् । युनिभर्सल पावर कम्पनीका लगानकिर्ताले ४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै लक्ष्मी बैंकका डिबेञ्चर इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ९ दशमलव ९८ प्रतिशतका दरले गुमाएका हुन् । बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।