काठमाडौं । आज कारोबारको अन्तिममा नेप्से परिसूचक बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४ दशमलव ५७ अंकले बढेर २,१०० दशमलव ६५ को विन्दुमा कायम भएको छ । आज १०४ कम्पनकिो शेयर मुल्य बढेको छ भने ९५ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २५९ कम्पनीको ३९ लाख २२ हजार २१६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ६ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, यूनिभर्सल पावर कम्पनीको ५ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफको ४ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ४ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।