काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले साविक मेगा बैंक लिमिटेडका ग्राहकहरुको खाता नम्बर परिवर्तन गरेको छ । बैंकले एक सुचना जारी गर्दै यस्तो जनाएको छ । साविक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड तथा मेगा बैंक लिमिटेड एकआपसमा गाभिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाममा पुष २७ गेतबाट एकीकृत कारोबार सुरु गरेका छन् ।
सम्बन्धित खातावालाहरुले आफ्नो परिवर्तित खाता नम्बरबारे जानकारी लिन आफुलाई पायक पर्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्कगरी बुझन बैंकले आग्रह गरेको छ । एनसीएचएल कनेक्ट आइपीएसमा आवद्ध ग्राहकहरुको खाता नम्बर बैंक मार्फत नै अद्यावधिक गरिसकिएको र हाललाई सी–आस्वा प्रयोजनार्थ ‘सीआरएन’ नम्बर समेत यथावत नै रहेको बैंकले बताएको छ ।