SKIP THIS

MLBL
IME Life
Beema Board

बिपिडब्लु लघुवित्तले आजदेखि आइपीओ विक्री गर्ने, क-कसले दिन पाउँछन् आवेदन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्काशन गर्दैछ। कम्पनीले आज माघ २२ गतेदेखि फागुन ८ गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीमा आइपीओ विक्री गर्न लागेको हो । सर्वसाधारणमा भने फागुन १८ गतेदेखि आइपीओ विक्री गरिने जनाएको छ ।

पछिल्लो समय सर्वसाधारणमा जारी गरिने कूल कित्ता आइपीओमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा गएका नेपालीमा विक्री गरेपछि मात्र सर्वसाधारणमा विक्री गर्नुपर्ने व्यवस्था छ ।

Prabhu
Crest

कम्पनीले जारी पूँजी ३ करोड रुपैयाँको ३२ दशमलव ३३ प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । कूल कित्ता शेयरमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा निष्काशन गर्ने जनाएकको छ ।

१ हजार ५०० कित्ता शेयर कर्मचारीहरू तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर ८० हजार ९५० कित्ता शेयर भने सार्वजनिक निष्काशन गर्न लागेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले लघुवित्तको आइपीओमा माघ २२ सर्वसाधारणमा जारी हुने शेयर छिटो अवधि फागुन २३ गतेसम्म मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि चैत २ गतेसम्म विक्री गरिने कम्पनीले जनाएको छ ।

यस आइपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आइपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड छ । विक्री प्रबन्धकसँगै धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS