Prabhu Life Ad Final

आत्मदाह गर्नु अगाडी प्रेम आचार्यले बीमा कम्पनीलाई सोधेका थिए, आत्महत्यापछि दाबी पाइन्छ कि पाइदैन् ?  

IME PAY

काठमाडौं । संसद भवन अगाडी आत्मदाह गरेर राष्ट्रिय चर्चामा आएका प्रेम प्रसाद आचार्यले आत्मदाह गर्नु अगाडी आफुले बीमा गरेको शाखा कार्यालयमा आत्महत्या पछि मृत्यु दाबी पाइन्छ कि पाइदैन भनेर सोधेका थिए । आचार्यले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेको सुसाइड नोटमा सन नेपाल लाइफमा बीमा गर्दा बिर्तामोड झापा शाखाका रुद्र निरौला, बिकास श्रेष्ठ, राम प्रसाद घिमिरे, प्रकाश पौडेलहरुले आफुलाई जवरजस्ती बीमा गरिदिएको उल्लेख गरेका छन् । उनले जवरजस्ती एक करोडको बीमा गराएर ४/५ लाख रुपैयाँ असुलेको आरोप लगाएका छन् ।

यद्यपी आचार्यले सन नेपाल लाइफमा ५० लाख रुपैयाँको धनन्जय जीवन बीमा पोलिसी खरिद गरेका थिए । बीमाको जानकार हुँदा हुँदै पनि उनले सामाजिक सञ्जालमा बीमा कम्पनीका अभिकर्ता तथा कर्मचारीहरुले जवरजस्ती बीमा गराएर ४/५ लाख रुपैयाँ असुलेको आरोप लगाएका छन् । यसरी पैसा असुलेको आरोप लगाउने आचार्यले पनि आत्मदाह गर्नु अगाडी बीमा कम्पनीलाई आफैले फोन गरेर पुर्ण रुपमा जानकारी लिइएको पाइएको छ ।

NCHL

यदि कसैले बीमा पोलिसी खरिद गरेको दुई वर्ष भित्रमा आत्महत्या गर्यो भने उसको परिवारले दाबी पाउदैनन् । बीमा दाबी पाउने लोभ तथा प्रलोभन परेर वा पारेर हत्या आत्महत्या हुन सक्ने अवस्थालाई मध्यनजर गरेर दुई वर्षको ग्रेस अवधि तोकिएको पाइन्छ । वैज्ञानिकहरुका अनुसार कुनै पनि मानिसले दुई वर्ष अगाडी नै आत्महत्या गर्ने योजना बनाउन सक्दैन । कसैले आत्महत्या गर्ने योजना बनायो भने पनि दुई वर्षसम्म पर्खन सक्दैन भन्ने मान्यता रहेको छ । यो बैज्ञानिकहरुको अनुसन्धानबाट आएको कुरा भएकाले बीमा कम्पनीहरुले दुई वर्षको ग्रेस अवधि राखेका हुन् ।

तर आत्मदाह गरेका आचार्यले आफुले आत्महत्या गरे पनि बीमा कम्पनीबाट आफ्नो परिवारले ५० लाख रुपैयाँ पाउने आकलन गरिसकेका थिए । उनले आफ्नो असफलताको कथामा ६० लाख कर्जा रहेको उल्लेख गरेका छन् । यसरी आफ्नो मृत्यु पश्चात बीमा कम्पनीबाट सिधै ४५ देखि ५० लाख रुपैयाँ आउने र सोहिबाट कर्जा असुल हुने उनको अनुमान रहेको देखिन आउछ ।

बीमा आफैमा सुरक्षा कबच हो तर कहिलेकाँही यहि बीमा मृत्युको कारण बन्न पुग्दछ । यस्ता घटना दोहोरिदै गएमा बीमा प्राधिकरणले थप अनुसन्धान गर्नु देखिन्छ । वास्तविक पिडितको हकमा बीमाले ठुलो राहत प्रदान गर्ला तर यसैलाई आधार मानेर आफ्नो जीवन त्याग्ने अवस्था आउनु पनि राम्रो होइन । आचार्यको हकमा बीमाकै रकम पाउनका लागि आत्मदाह नभएको हुन सक्छ । मानसिक रोगको सिकार भएका व्यक्तिहरुले यस्ता उपाय लगाउने अवस्था आउनु पनि उचित होइन ।

नेपाल बीमा प्राधिकरणले सन नेपाल लाइफलाई यदि नियम अनुसार बीमा पोलिसी बिक्री भएको दुई वर्ष पुरा भएको छ भने दाबी दिदा हुन्छ भन्ने स्वीकृति प्रदान गरिसकेको छ । अहिलेसम्म पनि समाजमा आत्महत्या गरेमा परिवारले मृत्यु दाबी नपाउने भन्ने धारणा थियो । आचार्यको घटना पछि आम मानिसहरुले आत्महत्या पछि पनि मृत्यु दाबी रकम पाइदो रहेछ भन्ने लगत सन्देश प्रवाह भएको छ ।

बीमा पोलिसीमा बीमित आचार्यले हकवालाको नाम आफ्नै श्रीमती नानुका अधिकारी राखेका थिए । इलाम स्थायी घर भएका आचार्य उद्यमी, व्यवसायी थिए । व्यवसायका क्रममा आइपरेका अनेकौ समस्यालाई सार्वजनिक गरेका आचार्य प्रति सबैले सहानुभुती राख्दै आएका छन् । उनको परिवारका लागि करोडौं रुपैया संकलन भइसकेको छ । उनको नाममा ठुलो रकम संकलन हुँदै गर्दा आचार्यले बीमाबाट पनि ठुलै रकम हात पर्ने आकलन गर्दै आत्मदाह गरेको देखिन्छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

21%

खुसी

15%

दुःखी

38%

अचम्मित

5%

उत्साहित

21%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x