काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई बोनश शेयर वापतको कर रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले गत जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनश शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आफ्ना शेयरधनीलाई आग्रह गरेको हो ।
शेयरधनीले कर बापतको रकम कम्पनीको शेयर रजिष्ट्रार सेञ्चुरी क्यापिटल मार्केट्सको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको खाता नं ०८७००१००५७६४०००००१ मा जम्मा गरेपछि बोनश शेयर प्राप्त गर्न सकिने जनाएको छ ।
साथै बुक क्लोजको समयमा रोक्का रहेका शेयरधनीहरुको बोनश शेयर फुकुवा पत्र प्राप्त भएपछि मात्र बोनश शेयर खातामानै पठाउने कम्पनीले जनाएको छ ।
हलसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगरेका शेयरधनीले शेयर अभौतिकीकरण गरेपछि बोनश शेयर हितग्राही खातामानै प्राप्त गर्नेछन् ।
शेयर रजिष्ट्रार सेञ्चुरी क्यापिटल लिमिटेड रहेको छ ।