IME Life

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक कार्यक्रम तयार पार्दै आएको छ । प्राधिकरणले नेपाल एफएम नेटवर्क मार्फत देशैभर साताको दुई दिन कार्यक्रम प्रसारण गर्दै आएको छ ।

प्राधिकरणले बीमा सचेतना फैलाउन बीमा प्रति आम सर्वसाधारण नागरिकलाई जागरुक गराउन र बीमा मार्फत गरिवी न्युनिकरणमा सहयोग पुर्याउन यस्तो कार्यक्रम तयार पारेको हो । ‍रेडियो कार्यक्रममा बीमा गतिविधि, बीमा विश्लेषण, बीमा संवाद, बीमा सम्बन्धी महत्वपुर्ण तथ्याङ्क लगायतका सामाग्रीहरु समावेश गर्दै आएको छ ।

Prabhu
Crest

प्राधिकरणले अहिलेसम्म सात वटा एपिसोड तयार पारिसकेको छ । चालु आर्थिक वर्षभर यस कार्यक्रमले निरन्तरता पाउने छ । अर्को आर्थिक वर्षका लागि पनि कार्यक्रम तयार पार्ने योजना रहेको प्राधिकरणले जनाएको छ । कार्यक्रममा समावेश हुने अधिकाम्स सामाग्री प्राधिकरणकै अधिकारीहरुले तयार पार्ने गरेका छन् । कार्यक्रमको नेतृत्व प्राधिकरणका निर्देशक सुशिलदेव सुवेदीले गर्दै आएका छन् । एकै पटक देशभरका ६० वटा भन्द रेडियो स्टेसनबाट प्रशारण हुने यस कार्यक्रमले दुर दराजका नेपालीहरुलाई समेत बीमा सम्बन्धी जानकारी प्रदान गर्ने उनले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

90%

खुसी

0%

दु :खी

0%

अचम्मित

5%

उत्साहित

5%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS