काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार घटेको छ । आज नेप्से परिसूचक २२ दशमलव १२ अंकले घटेर २,०९४ दशमलव ५४ को विन्दुमा कायम भएको छ । आज १९ कम्पनीको शेयर मुल्य बढेको छ भने १९४ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २५७ कम्पनीको ५८ लाख ९८ हजार ९०३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड ६४ लाख १९ हजार रुपैयाँको शयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै स्टान्र्डर्ट चार्टर्ड बैंकको शेयर कारोबार भएको छ । आज बैंकको १० करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ५ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई जनरल इन्स्योरेन्सको ४ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ४ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।