काठमाडौं । आज बिहिबार सुन चाँदीको मुल्य बढेको छ। हिजो बुधबार प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज बुधबार तोलामा १ हजार २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुन पनि तोलामा १ हजार २ सयले बढेर प्रतितोला १ लाख ७ हजारमा कारोबार भइरहेको छ । चाँदीको मुल्य तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ९५रुपैयाँमा कारोबार भईरहेको छ।