IME Life

कालिञ्चोक दर्शनको आइपीओ प्री-अलोटमेन्ट सम्पन्न, बाँडफाँडको यस्तो छ तयारी

SPIL
NIC ASIA

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आइपीओ माघ १९ गते बिहीवार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार बिहीबार बिहान ९ः३० बजे आफ्नै कार्यालय नारायणचौर नक्साल, काठमाडौंमाआइपीओ बाँडफाँडको तयराी गरेको हो ।

यस आइपीओको प्री–अलोटमेन्ट माघ १६ गते सम्पन्न भएको छ । कम्पनीको आईपीओमा मागभन्दा १८ दशमलव ५२ गुणा बढी आवेदन परेको छ । यस आधारमा गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुनेछ ।

Prabhu
Crest

आइपीओमा १४ लाख ३२ हजार ८८१ जनाले कुल १ करोड ६६ लाख ८ हजार कित्ताको लागि आवेदन दिएका छन् । तीमध्ये ८९ हजार ६४० जनालाई मात्र शेयर प्राप्त हुनेछ । बाँकी १३ लाख ४३ हजार २४१ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि १० करोड ८० लाख बराबरको १० लाख ८० हजार कित्ता आइपीओ निष्काशन गरेको थियो । यसमध्ये १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँड गरिसकेको छ भने ५४ हजार कित्ता सामूहिक लगानी कोष र २१ हजार ६०० कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो । बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%

खुसी

17%

दु :खी

33%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS