IME Life

मर्जरको सहमति गराउन तीन बीमा कम्पनीलाई प्राधिकरणले बोलायो, माघ १८ गते निर्णायक छलफल गराउदै

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले क्रस होल्डिङ भएका तीन बीमा कम्पनीका अध्यक्ष तथा मर्जर कमिटीका पदाधिकारीहरुलाई बोलाएको छ । प्राधिकरणले नेपाल इन्स्योरेन्स कम्पनी,  प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र आईएमई जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष सहित मर्जर कमिटीका संयोजक र सदश्यहरुलाई बैठकमा उपस्थित हुन निर्देशन दिएको हो ।

मर्जरको प्रगती विवरण सहित छलफलका लागि यहि माघ १८ गते बुधबार दिनको साढे ११ बजे उपस्थित हुन निर्देशन दिएको छ । यि तीन वटै कम्पनीमा क्रस होल्डिङ रहेको छ । प्राधिकरणले विगत लामो समयदेखि तीन वटै कम्पनीलाई मर्जरमा जान निर्देशन दिदै आएको छ । अध्यक्ष तथा सञ्चालकहरुलाई जति सुकै दवाव दिए पनि अहिलेसम्म मर्जरको संझौता हुन सकेको छैन ।

Prabhu
Crest

प्राधिकरणले क्रस होल्डिङको अनुसन्धान गर्दा सुरुमै यि तीन वटा कम्पनीमा नियम विपरित क्रस होल्डिङ भएको पाइएको थियो । यस्तो जानकारी पाउने वित्तीकै प्राधिकरणले मर्जरमा जान निर्देशन दिएको थियो । तर मानिरहेका थिएनन् । गत चैत १० गते पूँजी बृद्धि योजना ल्याएको प्राधिकरणले हकप्रद मार्फत पूँजी जुटाउन नपाउने बाध्यात्मक व्यवस्था गरे पछि यि तीन वटा कम्पनी निरन्तर मर्जरको लागि प्रयास गरिरहेका छन् । मर्जर हुन सबैभन्दा पहिला मन मिल्नु पर्छ । तर मन मिलिरहेको छैन । यसै क्रममा आइएमई समुहले नेपाल इन्स्योरेन्स कम्पनीको शेयर विनिवेश गर्ने प्रयास पनि गरेको थियो तर सफल भएन । आइएमई समुह आइएमईलाई कायम राख्न चाहन्छ । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स पनि आफ्नो अस्तित्व मेटाउन चाहदैन । यसले गर्दा पनि मर्जरमा कुरा मिलिरहेको छैन ।

एक पटक नाममै कुरा नमिले पछि नेपाल इन्स्योरेन्स र आइएमई जनरल विचको मर्जर प्रकृयाँ भाडिएको थियो । निश्चित समुहको जालो भित्र रहेका यि दुई कम्पनीमा अहिले पनि नाममै कुरा मिलिरहेको छैन । आइएमई समुहले सबै क्षेत्रमा आफ्नो नामबाट कम्पनीहरु स्थापित गर्दै आइरहेको छ । जसलाई निरन्तरता दिन चाहिरहेको छ । तर प्राधिकरण कुनै पनि शर्तमा मर्जर गराउन तल्लिन छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

8%

खुसी

0%

दु :खी

8%

अचम्मित

17%

उत्साहित

67%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS