काठमाडौं । आज साताको पहिलो दिन शेयरबजार घटेको छ । आज नेप्शे परिसूचक ०.६७ प्रतिशतले घटेर २१६८ दशमलव ५३ को विन्दुमा कायम भएको छ आज कुल ३ अर्ब १ करोड ७० लाख ६३ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज लुम्बिनी जनरलको शेयरमा सकारात्मक सर्किट लाग्दै प्रति शेयर मूल्य ४६२ रुपैयाँ कायम भएको ।
यसैगरी आज बाराही हाइड्रोपावर पब्लिक कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दै प्रति शेयर मूल्य ५३४ रुपैयाँ कायम भएको छ । साथै आज इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर ९ दशमलव ९९ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ४५१ रुपैयाँ कायम भएको छ भने आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर ९ दशमलव ९९ प्रतिशतले बृद्धि भई प्रति तोला १ हजार ३१७ रुपैयाँ कायम भएको छ ।