दलाली, ब्यापार, र उद्यमशिलता फरक(फरक अबधारणा हरु हुन । नेपालमा बिदेशि लगानी ल्याउने देखि गाउपालीकाका परियोजना दिलाउने सम्मका दलालले काम गरि रहेका छ्न । उनिहरुलाई प्रयोग गर्ने शब्द फरक छ्न । जस्तो बिदेशी लगाउने भित्र्याउन सहजिकरण गर्ने दलाल लाई पावर ब्रोकर र राष्ट्रिय देखि गाउँपालिका सम्मका ठेक्का मिलाउनेलाई नेता मानिन्छ । नेपालमा छाया बजार मौलाउनु, सम्पती शुद्धीकरण बढ्दै जानु र राजनितिक अनियमितता बढ्नुको प्रमुख कारण दलालीलाई मान्न सकिन्छ ।
दलाली भन्दा उन्नत अबधारणा ब्यापार हो । यसले उद्योग र उपभोक्तालाई जोडेर ब्यापार चक्र पुर्ण गर्दछ । दलालीमा भन्दा समय, पैसा र मेहनत ब्यापारमा बढी लाग्द्छ । अहिलेको नेपाली अर्थतन्त्रको सत्य पक्ष भनेको अर्थतन्त्रको साख ब्यापारले जोगाइ दिएको छ । हामी कुनै पनि परिस्थितिलाई बस्तुनिष्ठ भएर हेर्दैनौ । कि गलत हो भन्छौ कि सहि हो भन्छौ । गलत र सहि बिचमा थुप्रै थोप्लोहरु हुन्छ जसलाई हामि जोड्दैनौ र कि स्पेक्ट्रमको दाया उभिन्छौ कि बाया । ब्यापार गलत हो भन्नेले मार्वाडीलाई गालि गर्न सुरु गर्दछौ जबकि मार्बडीले गर्दा बर्तमान समयमा अर्थतन्त्र चलि रहेको छ । नपत्याए केहि महिना अघि नेपाल सरकारले सवारी साधन र केहि बस्तुको आयातमा रोक लगाउदा सरकारको आयमा जुन गिरावट आयो त्यहि गिरावट बाट ब्यापार, मार्वाडी र सरकार सन्चालनको सम्बन्ध प्रष्ट हुन्छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्यौ भने रेमिट्यान्समा कुनै गिरावट आएको थिएन तर पनि ब्यापार नचल्दा अर्थतन्त्र श्रीलंका बन्ने भो भन्ने आकलन हरु पनि आए । आफ्नो बिजनेस साइकल मा हरेक देश श्रीलंका बन्दछ । केहि बर्ष लाग्ला श्रीलंका हरहराउदो भएर सग्लिनेछ । प्रश्न के रह्यो भने हाम्रो देश कहिल्यै श्रीलंका बनेन अर्थात जुन बिजनेस साइकल श्रीलंकामा देखियो त्यो नेपालमा देखिने दिन नै आएन । यसको प्रमुख कारण हाम्रो ब्यापार नै हो । कसैले भारत बाट आयत गरिदिने अनि कसैले रेमिट्यान्सको पैसाले किनेर खाइदिने कुरा नै हाम्रो अर्थतन्त्रको चक्र बनि रह्यो ।
ब्यापार भन्दा पनि माथिको अबधारणा उद्यम हो । उद्यम गर्न पैसा, परिश्रम भएर मात्र पुग्दैन त्यो भन्दा बढ्ता राज्य चाहिन्छ । राज्य आफ्नो भैदिएन भने ढिलो चाडो साना तथा मझौला उद्यमी डुब्ने मा कुनै शंका नै हुदैन । नेपालमा उद्यमशिलता हेर्ने नजर नै शिकारी छ । कुनै ब्यक्ती संघर्ष गरेर सुकिलो मुकिलो देखियो र गाडी चढ्ने ठाउमा पुग्यो भने हामी उसलाई एलिट बर्ग अनि सामन्ती भन्न थाल्छौ तर त्यहि एलिट बर्ग सङ्ग चन्दा उठाउने नेता सर्बहाराको नेता हुन्छ । सोल्टी होटेलमा लगानी गरेर हरेक बर्ष सबै भन्दा बढी कर तिर्ने संस्थाका मालिक भनिएका राजा ज्ञानेन्द्र सामन्ती कि हात्तिछाप चप्पल पड्काउदै राजनितिमा छिरेर काठ्माण्डौमा घर बनाउने नेता सामन्तीरु चुनाब जित्न ब्यापारी चाहिने तर भाषण मा हामी सिण्डिकेट अन्त्य गर्छौ भन्ने हरुको सरकार छ । दिनभरी चन्दा उठाएर साझपख दलाल पुजिबाद मुर्दाबाद भन्ने हरुले क्रान्ती गरेको देश हो ।
ब्यबसायिक सामाजीक सुरक्षा भनेको परेको बेला राज्यले ब्यबसाय जोगाइदिनु हो । यसका बिभिन्न तरिका हरु छ्न । उपभोक्ताले उधार तिरेर ब्यबसायि लाइ संरक्षण दिन सक्द्छ्न। सयौ हजारौ उद्यमीरब्यबसायी उधारो बढी भएर पेशा बाट पलाएन भएका छ्न । हामिले उपभोग गरेको बस्तु तथा सेवालाई भगवानले दिएको बरदानको रुपमा हेर्ने हो भने लघु उद्यमी हरु कहिल्यै माथि उठ्न सक्दैनन । पुर्ती श्रृङखलाका कुनै पनि पक्षहरुले उधारो बाकि राखि रहने हो भने ब्यबसाय बिचलन मा जान्छ । हाम्रो उधारो दिने र लिने बानी यति सम्म बसेको छ कि हामी बीमा पोलिसि सम्म उधारोमा किनबेच गर्छौ ।
उपभोक्ता भन्दा माथि सरकार हुन्छ र ब्यबसायिक सामाजीक सुरक्षामा सरकारका नितिहरु ले भुमिका खेल्दछन । संकटमा साथ पाएको ब्यबसायिले कालान्तरमा ब्याज सहित ऋण चुक्ता गरेको इतिहास संसार भरि छ । छ भन्नाका लागि मात्र सरकार भए जस्तो भयो तर देखिने र सुनिने गरि सरकार कहि देखिदैन । बेला( बेला पुलिस स्कर्टिङ्ग देख्दा सरकार छ कि जस्तो लाग्छ तर परेको बेला सरकार नै भेटिदैन । कोभिड महामारीले सयौ पेशाकर्मी हरुका ब्यबसाय बन्द भए तर सरकारले कति ब्यबसाय बन्द भए भन्ने सम्मको एउटा सर्बेक्षण समेत गरेन ।
सरकार किसान मैत्री निति बनाउछु भन्छ तर कृषि औजारमा करको लोभ राख्छ ।
स्थानिय उत्पादन दलाल हरुले कसरी निमोट्छन त्यो थाहा हुन्छ तर सरकार बोल्दैन । गत आर्थिक बर्ष सम्म मात्र चार खर्ब ९० अर्ब ऋण कृषि क्षेत्रमा प्रबाह भएको छ । तर अधिकान्स ऋण शहरी क्षेत्रका बैंकका शाखाहरु बाट प्रबाह भएको प्रवृत्ति देखिन्छ । गाउपालीका मा बैंक पनि हुने र किसान पनि हुने तर कर्जा शहरी क्षेत्र बाट प्रबाह हुने असंगती देखिएको छ । यो नै ब्यबसायिक असुरक्षा हो । गरिबि निवारण कोष बाट गरिब उद्यमीका नाममा ५९ अर्ब डुबायौ । युवा स्वरोजगार कोषको झण्डै ११ अर्ब डुबायौ । र युवा परिषद बाट डुब्दै गएको पैसा करोडमा पुगेको छ । सरकार तिमिले किसान का नाममा र गरिबका नाममा अर्ब(अर्बको खोलो बगाए पनि तिमिले पाँच(पाँच बर्षमा चुनाब आउछ भन्ने मानसिकता नत्यागे सम्म अरब बरालिने युवाहरुको संख्यामा कमि आउने छैन । ग्रामिण जनतालाई कृषि मा फर्क भन्ने तर राजनिति दलालीको गर्ने भन्ने पनि हुन्छ र ?
हाम्रो बार्षिक बजेट १७ खर्ब ९५ अर्बको हो । १५ खर्ब ब्यापार घाटा छ । १२ खर्ब मात्र राजस्व उठ्छ । जबकि आधारभुत बिकास गर्न मात्र देशलाई बार्षिक १८ खर्ब रकम आवश्यक पर्छ । त्यो श्रोत कहा बाट आउछ रु दशौ लाख पार्टी कार्यकर्तालाई सडकमा उफार्ने कि उद्यमी बनाउने रु दशौ लाख पार्टी कार्यकर्तालाई तस्करीमा लाउने कि उद्यमी बनाउने रु गोरखकाली टायर खै भनेर प्रश्न सधै सोझ्यायौ रु त्यो डुब्नु थियो या डुबाउनु थियो । डुब्यो । तर सधै भरी गोरखकाली टायर, भृकुटी कागज, बासबारी छाला जुत्ताको नामको ब्याज कहिले सम्म खान्छौ । दुग्ध बिकास संस्थान त बन्द गरेको छैन त । बासबारी छालाजुत्ताको त्यस्तो माया हुनेले डिडिसि लाई किन नाफामा लैजान नसकेको तरु कि डिडिसिलाई पनि डुबाएर पछि डिडिसि खै भन्ने रणनिति हो ?
छोरालाई खाडि पठाएर बुवालाई भत्ता दिन्छु भनेर प्रतिष्पर्धा चलिरहेको देशमा उद्यमीलाई कहिले पैसा चाहिन्छ रु कति पैसा चाहिन्छ भनेर किन प्रतिष्पर्धा भएन रु रिठा बेच्न हुने तर साबुन बनाउन नहुने रु साबुन उद्योगमा आत्म निर्भर नहुन्जेल सम्म आयकरमा पुर्ण छुट दिए के देश डुब्छ रु किसानलाई दुधको न्युनतम समर्थन मुल्य नदिने अनि बिहारको पट्न डेरी बाट दुध आयात गर्ने कस्तो निति हो रु उखु किसानको बक्यौता कति पुगेको छ केहि हिसाब किताब छ ?
बैंकहरुको कन्सोर्टियम प्रोफाइल हेरौ त अरबौ अरब पैसा के का लागी खर्च हुदैछ रु अनि मेरो सरकार को पालामा आर्थिक वृद्धि यति भयो भनेर भनि रहनेरु अर्थतन्त्र असफल भैरहने तर अर्थमन्त्री चाहि सधै सफल हुने कस्तो राज्य ब्यबस्था होरु शेयरको प्रामाणपत्र धितो राख्न हुने, हाइड्रो प्रोजेक्ट धितो राख्न हुने अनि लैनो भैसि धितो राख्न नहुने रु गाइ भैसिको हकमा वर्किङ्ग क्यपिटल को अबधारणा लागु नै हुदैन त उसो भए ?
गाउ देखि सहर सम्म हामी कुनै न खेती प्रणालीमा अबद्ध छौ तर हाम्रो अबद्धता पेशामा परिणत हुदैन । कौशी खेती गर्नेले अनुदान पाउने तर खेतमा अन्न फलाउनेले सरकार बाट बीमा सुबिधा सम्म पाउदैन । हामीलाई उत्पादन दिने कृषि भन्दा देखाउने कृषि चहिएको छ । सम्पती शुद्धीकरण गर्न कृषि, कर छली गर्न कृषि,राजनिति गर्न कृषि । तर ब्यबहारमा सके सम्म बिर्सि । आजै बिर्सि ।