IME Life

दुई इन्स्योरेन्स कम्पनीको एजिएम आइतबार हुँदै, के-के छन् एजेण्डाहरु ?

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र नेको इन्स्योरेन्स कम्पनीको साधारण सभा आइतबार माघ १५ गते हुँदैछ । सिटिजन लाइफले पाँचौ वार्षिक साधारणसभा पुस १७ गते आइताबर बसेको सञ्चालक समितिको बैठकले आइतबार माघ १५ गते गर्दैछ ।

कम्पनीले अध्यक्षको मन्तव्य सहित सञ्चालक समितिको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारिने गर्नेछ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सा हिसाब, आय व्यय हिसाव, इक्वुटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगक प्रवाह विवरण र सो साग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

Prabhu
Crest

कम्पनीले प्रिमियममा आइपिओ निष्काशन गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ । कम्पनीले यस अगाडी नै प्रिमियममा आइपिओ निष्काशन गर्ने प्रक्रिया अगाडी बढाए पनि नेपाल धितोपत्र बोर्डले ग्रिन सिग्नल नदिए पछि कम्पनी पछाडि हटेको थियो ।

नेपाल बीमा प्राधिकरणले यहि चैत मसान्त भित्र न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिइसकेको छ । सोहि निर्देशन अनुरुप कम्पनीले विद्यमान संस्थापन शेयरधनीहरु सँग ५० प्रतिशत थप पूँजी आह्वान गरेर २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ पुर्याएको छ ।

कम्पनीले न्युनतम पनि सर्वसाधारणका लागि एक अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आइपिओ आइपिओ निष्काशन गर्नु पर्नेछ । यदि १०० रुपैयाँ मात्रै प्रिमियममा आइपिओ निष्काशन गर्यो भने कम्पनीले सर्वसाधारण शेयरधनीबाट एक अर्ब १२ करोड ५० लाख रुपैयाँ संकलन गर्नेछ । यस्तो अवस्थामा कम्पनीले मर्जर नगरी बोनस शेयर दिएरै चुक्त पूँजी जुटाउन सक्नेछ ।

त्यसैगरी नेको इन्स्योरेन्सले आफ्नो २७औं वार्षिक साधारण सभा माघ १५ गते गर्दैछ । कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा नक्साल स्थित लिसारा रिसेप्सनमा गर्ने जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७९ प्रतिशत नगद लाभांश गरि कुल १५ दशमलव ७९ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्नु हुने आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७८/७२ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनी ऐनको दफा १११ बमोजिम आर्थिक वर्ष २०७९ /२०८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, बोनश शेयर जारी गर्दा आउने खण्डित शेयरलाई पछि मिलान गर्ने गरी कम्पनीको हिसावमा राख्ने, निम्न विषयका सम्बन्धमा प्रवन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनहरुमा नियामक निकायहरुबाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार आवश्यक परिमार्जन गर्ने सम्बन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले कम्पनीको अधिकृत पूँजी बृद्धि गर्ने सम्बन्धमा, जारी गरिने बोनश शेयरको हदसम्म जारी पूँजी तथा चूक्ता पूँजी बृद्धि गर्ने, शेयर संरचना अनुसार संचालक समितिमा प्रतिनिधित्व गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ ३ गते बुक क्लोज गरेको थियो । माघ २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग क्लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

0%

दु :खी

60%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS