SKIP THIS

MLBL
IME Life
Beema Board

सुपरमाई हाइड्रोपावरले माघ २३ गतेदेखि आइपीओ विक्री गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ विक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा भने आइपीओ विक्री गरी बाँडफाँड समेत गरिसकेको छ ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूलाई विक्री गरेको हो ।त्यस्तै, ५ प्रतिशत दरको २५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई समेत बाँडफाँड गरिएको कम्पनीको भनाई छ । अब २ प्रतिशत अर्थात् १० हजार कित्ता कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी ४ लाख १५ हजार कित्ता शेयर सार्वजनिक निष्काशन गर्न लागेको हो ।

Prabhu
Crest

यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था छ । छिटोमा माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ । आइपीओ यस अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाउको छ ।

आइपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर ट्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट समेत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

यस कम्पनीले ७ दशमलव ८ मेगाबाट क्षमताको सुपरमाई जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी २०७५ कात्तिक ११ गतेदेखि विद्युत् उत्पादन गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS