SKIP THIS

MLBL
IME Life
Beema Board

माया खोलाले आजदेखि आइपीओ निष्काशन गर्दै, कति कित्ता आवेदन दिँदा ठिक ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीले आज माघ १३ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर ‘आइपीओ’ जारी गर्ने भएको छ । सर्वसाधारणका लागि १९ लाख ९२ हजार कित्ता शेयर बिक्री गर्न थालेको हो । कम्पनीले आफ्नो जारी पूँजी एक अर्बको ३४ प्रतिशत अर्थात ३४ करोड रुपैयाँ सर्वसाधारण समुहका लागि छुट्टाएको छ । जारी पूँजीको १० प्रतिशत अर्थात १० करोड रुपैयाँ स्थानीय प्रभावित बासिन्दाका लागि निष्काशन गरिसकेको छ ।

त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २४ लाख कित्ता शेयर निष्काशन गरेको थियो । त्यस्तै एक लाख २० हजार कित्ता सामुहिक लगानीकोषहरुलाई बिक्री गरिसकेको छ । कर्मचारीहरुलाई पनि ४८ हजार कित्ता छुट्ट्याएको छ । सबैलाई बिक्री गरेर बाँकी रहेको १९ लाख ९२ हजार कित्ता सर्वसाधारणका लागि जारी गरेको हो । यसबाट एक लाख ९९ हजार २०० जनाले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् ।

Prabhu
Crest

सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको लागि आवेदन दिन पाउने छन् । कम्पनीले छिटोमा माघ १७ गतेसम्म शेयर जारी गर्नेछ । सर्वसाधारणले आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरको अनलाइन एप्लिकेसनबाट आवेदन दिन सकिनेछ । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ ।

आइपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ । जसमा स्थानीयको १० प्रतिशत र वैदेशिक रोजगारिमा गएका नेपाली सहित सर्वसाधारणको ३४ प्रतिशत हुनेछ । कम्पनीले संखुवासभा जिल्लामा १४।९ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%

खुसी

0%

दु :खी

14%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS