Connect IPS
IME Life

नेको इन्स्योरेन्सका सिइओ खड्काको वार्षिक तलब सुविधा ८० लाख ९० हजार रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काको वार्षिक तलब सुविधा ८० लाख ९० हजार रुपैयाँ रहेको छ । खड्काले गत आर्थिक वर्ष २०७८/७९ मा तलब भत्ता बापत उक्त रकम बुझेका हुन् । उनले यस बाहेक नियम अनुसार कर्मचारी बोनस सुविधा पाउने छन् । कम्पनीले खड्कालाई गाडी सुविधा पनि दिएको छ । कम्पनीले सञ्चालकहरुलाई बैठक भत्ता बापत १२ लाख ३५ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

कम्पनीको पन्ध्रौ बार्षिक साधारण सभाको निर्णय अनुसार प्रचलित दुर्घटना बीमा पोलिसी अन्तर्गत संचालक समितिका अध्यक्ष एवं सदस्यहरुलाई बीमाङ्क रकम ५० लाख रुपैयाँको व्यक्तिगत दुर्घटना बीमा र स्वास्थ्य बीमालेखको सीमा भित्र रही संचालक समितिका अध्यक्ष, सदस्य र निजका आश्रित परिवारको स्वास्थ्य बीमा गरे वापत कम्पनीले जम्मा एक लाख १५ हजार ५०० रुपैयाँ बीमाशुल्क भुक्तानी गरेको छ ।

Prabhu
Crest

कम्पनीको संचालक समितिले आ.व. २०७८/७९ को लागि २६ करोड २४ लाख रुपैयाँको बोनस शेयर तथा सो रकममा लाग्ने कर एक करोड ३८ लाख रुपैयाँको नगद लाभांशको रुपमा प्रस्ताव गरेको छ । उल्लेखित बोनस शेयर २६ करोड २४ लाख रुपैयाँमा महाविपत्ति कोषबाट २ करोड २७ लाख रुपैयाँ सारिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS