काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको माघ ११ गते बुधबार साँझ साढे चार बजे बसेको सञ्चालक समितिको बैठले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २१.०५२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
संस्थाले चुक्ता पूँजी १२ करोड १७ लाख रुपैयाँको २० प्रतिशत अर्थात २ करोड ४३ लाख रुपैयाँ बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । प्रस्तुत लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ वार्षिक साधारणसभाबाट पारित भए पश्चात मात्रै लागु हुनेछ । प्रस्तावित बोनस शेयर वितरण पछि संस्थाको चुक्ता पूँजी १५ करोड २४ लाख रुपैयाँ पुग्नेछ ।