Connect IPS
IME Life

सुस्मिता हत्या काण्ड: बीमा दाबीले सिर्जना गरेको पारिवारिक अपराध, दोषिलाई जन्मकैदको फैसला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सुस्मिता केसीको हत्यामा संलग्न आरोपीलाई जिल्ला अदालत मकवानपुरले सजाय सुनाएको छ । गत असार १ गते सुस्मिताको परिवार नै मिलेर उनको हत्या गरेका थिए । हत्या गर्नेमा सुस्मिताका ससुरा प्रकाश थापा, सासु तुलसा थापा र नन्दाहरु दुर्गा थापा, सीता थापा रहेका छन् । जिल्ला अदालत मकवानपुरले चारै जना आरोपिलाई जन्म कैदको सजाय सुनाएको छ ।

सुस्मिताको श्रीमान रुपेन्द्र थापाले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा ५ लाख रुपैयाँको बीमा गरेका थिए । २०७८ असोज २६ गते मोटरसाइकल दुर्घटनामा रुपेन्द्रको मृत्यु भएपछि क्षतिपूर्ति बापतको ५ लाख रुपैयाँ श्रीमती सुस्मिताले लिएकी थिइन् । रुपेन्द्रले उक्त बीमा गर्दा इच्छाइएको व्यक्तिमा बुबा प्रकाश थापा, आमा तुलसा थापा र श्रीमती सुस्मिताको नाम राखेका थिए । सोहि अनुरुप प्रकाश थापाले नेशनल लाइफबाट मृत्युदाबी भुक्तानी बापत १० लाख ६३ हजार ९१४ रुपैयाँ लिइसकेको प्रहरी अनुसन्धानले देखाएको छ ।

Prabhu
Crest

क्षतिपूर्ति बापतको ५ लाख रुपैयाँ र सामाजिक सुरक्षा कोषबाट १ लाख ७७ हजार ९४८ रुपैयाँ रकम सुस्मिताले लिएको निहुँमा परिवारका अन्य सदश्यहरुले सुस्मितामाथि मानसिक यातना दिदै आएका थिए । छोराको मृत्यु पश्चात प्राप्त रकम सबै आफूहरुले पाउनुपर्ने भन्दै पटक पटक सुस्मितामाथि हुँदै आएको मानसिक यातना अन्तत असार १ गते उनको मृत्यु नै बन्न पुग्यो । यति मात्र नभई रुपेन्द्रले काम गर्दै आएको कम्पनी क्लोज सिस्टम इन्टरनेशनल नेपाली प्रा.लि (सिएसआई) हेटौंडाबाट ३८ लाख २८ हजार ४७२ रुपैयाँ रकम परिवारले पाउने भएको थियो । मृत्यु पश्चात पाउने बीमा, बोनस तथा तलब भत्ता बापतको उक्त रकम लिने विषयमा सुस्मिता र परिवारबीच विवाद भइरहदा उक्त भुक्तानी लिने अवस्था बनेको थिएन ।

रुपेन्द्रको मृत्यु पश्चात श्रीमति सुस्मिता थापा र सिंगो परिवारले करिब ५५ लाख ७० हजार रुपैयाँ बराबरको रकम भूक्तानी पाउने थिए । तर पारिवारिक विवादका कारण रुपेन्द्रले काम गर्ने कम्पनीबाट भुक्तानी लिने अवस्था नबन्दा सुस्मिताको हत्या भएको थियो ।
गत असार १ गते बेलुकी खाना खाँदै गरेकी सुस्मितालाई ससुरा प्रकाश थापाले टाउकोमा काठको लौरोले प्रहार गरेका थिए । लौरो प्रहार पश्चात भुँइमा लडेकी सुस्मितालाई नन्द सिता थापाले ढुङ्गाले प्रहार गरेकी थिइन् । प्रकाश र सिताको प्रहारबाट सुनिताको मृत्यु भएपछि आत्महत्या गरेको देखाउन प्रमाण नष्ट पारेका थिए । तर प्रहरी अनुसन्धानले आत्महत्या नभई हत्या भएको खुलेपछि सपरिवारलाई नै हिरासतमा राखिएको थियो ।

सुस्मिताको हत्यालाई आत्माहत्या देखाउने प्रयास गरेपछि सुस्मिताका बुबा कृष्णबहादुर केसीले २९ असार २०७७ मा पाँच जना विरुद्ध मुद्धा दर्ता गरेका थिए । सुस्मिताका ससुरा प्रकाश थापा, सासु तुलसा थापा, नन्दहरु दुर्गा र सिता थापालाई अदालतले दोषि ठहर गरि जनही २५ वर्षको जेल सजाय तोकेको छ । छोरीको हत्यारालाई सजायको माग गर्दै अदालतको ढोका ढकढकाइरहेका कृष्णबहादुरले अन्तत घटना भएको करिब साँढे २ वर्षपछि न्याय पाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS