काठमाडौं । मर्जरको संझौता पछि कारोबार रोक्का गरेका प्रभु इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको कारोबार फुकुवा भएको छ । सगरमाथा र लुम्बिनी जनरलले एकिकृत कारोबार पछि मात्रै कारोबार फुकुवा गर्ने योजना बनाए पनि छिट्टै मर्जर प्रकृयाँ नटुङ्गिने भए पछि दुबै कम्पनीले कारोबार फुकुवा गर्ने निर्णय गरेका हुन् ।
अजोड सँग मर्जर प्रकृयाँ भाडिए सँगै प्रभु इन्स्योरेन्स कम्पनीले पनि कारोबार फुकुवा गरेको छ । नेपाल धितोपत्र बोर्डले मर्जर प्रकृयाँमा गएका कम्पनीहरुको कारोबार बन्द नगर्न पर्ने व्यवस्था गरे सँगै मर्जरको संझौता गरेका कम्पनीहरुले कारोबार फुकुवा गरिरहेका छन् ।
मर्जरको संझौता गरेका कम्पनीहरुको आधारभुत शेयर मात्रै रोक्का हुने व्यवस्था छ । एक प्रतिशत भन्दा कम शेयर रहेका शेयरधनीहरुको शेयर कारोबार भने फुकुवा हुनेछ ।