SKIP THIS

IK Anniversary
IME Life

तीन जीवन बीमा कम्पनी बाहेक सबैलाई पूँजी जुटाउन सकस, कसलाई कति प्रतिशत पूँजी आवश्यक ?

SPIL
NIC ASIA

काठमाडौं । तीन जीवन बीमा कम्पनी बाहेक सम्पुर्ण कम्पनीलाई पूँजी जुटाउन सकसपुर्ण देखिएको छ । नेपाल बीमा प्राधिकरणले यहि चैत मसान्त भित्र जीवन बीमा कम्पनीहरुलाई न्युनतम ५ अर्ब रुपैयाँ चुक्ता पूँजी जुटाउन निर्देशन दिएको छ ।

पूँजी जुटाउने अवधि साढे दुई महिना मात्रै बाँकी हुँदा नेपाल लाइफले मात्रै आवस्यक पूँजी जुटाएको छ भने नेशनल लाइफ र सूर्यज्योति लाइफले बोनस शेयर दिएर पूँजी जुटाउन सक्ने छन् । सम्पुर्ण जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट लाभांश दिन बाँकी छ । नेशनलले ७.७५ प्रतिशत र सूर्यज्योतिले १०.१३ प्रतिशत बोनस शेयर दिने वित्तीकै पूँजी जुट्नेछ ।

Prabhu
Crest

एलआइसी नेपालले अहिले प्रस्ताव गरेको बोनस शेयर वितरण पछि चुक्ता पूँजी तीन अर्ब १८ करोड पुग्नेछ । प्राधिकरणले तोकेको पूँजी जुटाउन अझै कम्पनीलाई एक अर्ब ८१ करोड आवस्यक पर्नेछ । यसका लागि कम्पनीले कम्तिमा पनि ५७.०४ प्रतिशत हकप्रद शेयर निष्काशन गर्नु पर्नेछ । कम्पनीले गत आर्थिक वर्षकै मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी भएकाले हकप्रद ५० प्रतिशत भन्दा माथि आउने देखिदैन ।

मर्जरको संझौता गरेका प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफले मर्जर पछि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी राख्ने सहमति गरेका छन् । मर्जर पछि प्राधिकरणले तोकेको न्युनतम चुक्ता पूँजी सजिलै पुग्नेछ । यदि मर्जरमा नगएको भए प्राइम लाइफलाई ६० प्रतिशत पूँजी आवश्यक पर्थ्यो । त्यस्तै गुराँसलाई २ अर्ब ७६ करोड र युनियन लाइफलाई २ अर्ब ६५ करोड आवश्यक पर्थ्यो । मर्जर सफल हुने वित्तीकै यी कम्पनीलाई कुनै समस्या छैन ।

मर्जरको संझौता पनि नगरेको र बोनस शेयर दिएर पनि पूँजी जुटाउन नसक्ने एशियन लाइफलाई अझै २ अर्ब ९ करोड आवस्यक छ । हाल कम्पनीको हाल चुक्ता पूँजी २ अर्ब ९० करोड ८१ लाख रुपैयाँ छ ।  याे कम्पनीलाई चुक्ता पूँजीका लागी थप २ अर्ब ९ करोड १९ लाख रुपैयाँ आवश्यक पर्नेछ । यहि हिसाबले कम्पनीलाई ७१.९३ प्रतिशत पूँजी आवश्यक छ । कम्पनीले गत आर्थिक वर्ष २०७९।८० सम्मको मुनाफा तथा जगेडा कोषबाट समेत गरी बढीमा ११-१२ प्रतिशतसम्म बोनस शेयर दिन सक्यो भने पनि अपुग चुक्ता पूँजी जुटाउनका लागी ६० प्रतिशत हकप्रद शेयर आवस्यक पर्नेछ। नेपाल बीमा प्राधिकरणले हकप्रद शेयर निष्काशन गर्न नदिएमा याे कम्पनीले पनि मर्जरका लागी अर्काे साझेदार खाेज्नुकाे विकल्छ रहने छैन ।

मर्जरको अन्तिम चरणमा रहेका सानिमा लाइफ र रिलायन्स लाइफको मर्जर पछि पनि तोकिएको चुक्ता पूँजी पुग्ने देखिदैन । हाल रिलायन्स लाइफको २ अर्ब १० करोड र सानिमाको २ अर्ब ८ करोड छ । मर्जर पछि ४ अर्ब १८ करोड पुग्नेछ । कम्पनीले थप २० प्रतिशत पूँजी जुटाउनु पर्नेछ ।

मर्जरको संझौता गरेका महालक्ष्मी लाइफ र प्रभु लाइफ विच मर्जर प्रकृयाँमा पछिल्लो समय खासै सुधार देखिदैन । अघिल्लो आर्थिक वर्षकै एक्चुरीयल मूल्याङ्कनमा समस्या देखिए पछि प्राधिकरणले पुनः एक्चुरीयल प्रतिवेदन तयार पार्न निर्देशन दिएको छ । यदि यहि अवस्थामा मर्जर भयो भने पनि चुक्ता पूँजी चार अर्ब १० करोड पुग्नेछ । महालक्ष्मी लाइफले आइपिओ निष्काशन नगरेकोले गर्दा संस्थापक समुहको शेयर हिस्सा ८० प्रतिशत नाघ्नेछ । त्यसैले गर्दा कम्पनीले सर्वसाधारण समुह तर्फ न्युनतम ३० प्रतिशत कायम गर्न न्युनतम पनि १० प्रतिशत बराबर हुने गरी एफिओ निष्काशन गर्नु पर्ने हुन्छ । यसरी एफपिओ मार्फत ६१ करोड ४२ लाख रुपैयाँ पूँजी जुटाउनु पर्ने हुन्छ । एफपिओ निष्काशन पछि कम्पनी चुक्ता पूँजी ४ अर्ब ७१ करोड पुग्नेछ । यदि प्रिमियममा एफपिओ निष्काशन गर्यो भने कम्पनीले सजिलै तोकिएको चुक्ता पूँजी जुटाउन सक्नेछ ।

राष्ट्रिय बीमा संस्थाले ५ अर्ब पूँजी पुर्याउन कुनै पनि ठोस कार्ययोजना बनाउन सकेको छैन । एक दशकभन्दा लामो समयको लेखापरीक्षण सम्पन्न गर्न सकेको छैन । यसले गर्दा संस्थाको क्यापिटल प्लान अन्योलमा छ । तर बीमा ऐन २०७९ अनुसार संस्थाले २०८० कार्तिक भित्र आफुलाई कम्पनीमा रुपान्तरण गर्नु पर्नेछ । त्यतिवेला संस्थान पुर्ण रुपमा अहिलेको जस्तो शक्तिहिन हुनेछ । प्राधिकरले पुर्ण रुपमा नियमन गर्न पाउनेछ ।

आइपिओ निष्काशन नगरेका चार कम्पनी

अहिलेसम्म आइपिओ निष्काशन नगरेका र मर्जरको संझौता पनि नगरेका जीवन बीमा कम्पनीहरुको आफ्नै रणनीति छ । सिटिजन लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ र रिलायबल नेपाल लाइफले अहिलेसम्म आइपिओ निष्काशन गरेका छन् । साथै कुनै कम्पनी सँग मर्जरको संझौता पनि गरेका छैनन् । यि चार वटै कम्पनीले मर्जरमा नगइ पूँजी जुटाउने रणनीति बनाएका छन् ।

चार वटैले विद्यमान संस्थापकहरु सँग थप पूँजी आह्वान गरी पूँजीको दायरा फराकिलो बनाएका छन् । यसले गर्दा उनिहरुले निष्काशन गर्ने आइपिओको आकार पनि ठुलो हुनेछ । आइपिओ निष्काशन पछि मिलेसम्म बोनस शेयर दिने र नपुग पूँजी हकप्रद शेयर निष्काशन गर्ने उनिहरुको योजना छ ।

हाल सिटिजन लाइफको चुक्ता पूँजी दुई अर्ब ६५ करोड ५० लाख रुपैयाँ रहेको छ । ५ अर्ब पुर्याउन २ अर्ब ३७ करोड आवस्यक पर्नेछ । कम्पनीले ७५ करोड रुपैयाँ आइपिओ निष्काशन गर्दा २ अर्ब ५० करोड पुग्नेछ । यस पछि पनि कम्पनीलाई साढे दुई अर्ब आवस्यक पर्नेछ ।

कम्पनीले नियम अनुसार एक अर्ब एक करोड रुपैयाँ आइपिओ निष्काशन गर्नु पर्नेछ । आइपिओ निष्काशन पछि चुक्ता पूँजी तीन अर्ब ३८ करोड रुपैयाँ पुग्नेछ । यस पछि कम्पनीलाई एक अर्ब ६२ करोड रुपैयाँ आवस्यक पर्नेछ । यदि प्रिमियममा आइपिओ निष्काशन गर्न सक्यो भने कम्पनीले बोनस शेयरबाटै बोनस जुटाउन सक्नेछ । तर प्रिमियमा आइपिओ निष्काशन गर्नै नपाए पनि २० देखि ३० प्रतिशत भित्रमा हकप्रद शेयर निष्काशन गरेर जुटाउन सक्नेछ ।

त्यस्तै सन नेपाल लाइफको पनि सिटिजनकै जस्तो रणनीति रहेको छ । सन नेपाल लाइफले संस्थापकहरु सँग थप पूँजी आह्वान गरेर २ अर्ब २४ करोड बनाएको छ । नियम अनुसार आइपिओ निष्काशन पछि चुक्ता पूँजी तीन अर्ब २० करोड पुग्नेछ । कम्पनीलाई यस बाहेक एक अर्ब ८० करोड पूँजी आवस्यक पर्नेछ । कम्पनीले पनि केहि बोनस र केहि हकप्रद शेयर निष्काशन गर्नै पर्ने हुन्छ ।

आइएमई जनरलले संस्थापकहरु सँग थप पूँजी आह्वान गरेर २ अर्ब ८० करोड पुर्याएको छ । नियम अनुसार आइपिओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब पुग्नेछ । यस पछि जम्मा एक अर्ब भए पुग्छ । यसका लागि कम्पनीले बोनस शेयर दिएर पुग्याउने रणनीति बनाएको छ । यदि पुगेन भने केहि थोरै मात्रै हकप्रद शेयर आवस्यक पर्नेछ । प्राधिकरणले ३० प्रतिशतसम्मको हकप्रद शेयर निष्काशन गर्न दिने जनाउदै आएको छ ।

रिलायबल नेपाल लाइफको हालको चुक्ता पूँजी २ अर्ब १० करोड छ । नियम अनुसार आइपिओ निष्काशन पछि चुक्ता पूँजी तीन अर्ब पुग्नेछ । त्यस पछि कम्पनीलाई २ अर्ब आवस्यक पर्नेछ । रिलायबलको जगेडामा अहिले नै एक अर्ब भन्दा माथि रहेको हुँदा कम्पनीले बोनस शेयर र २० देखि ३० प्रतिशतको हाराहारीमा हकप्रद शेयर निष्काशन गरेर पूँजी जुटाउन सक्नेछ ।

प्राधिकरणले मेट लाइफलाई भने पूँजी जुटाउन कुनै निर्देशन दिने पक्षमा छैन् । अमेरिक जीवन बीमा कम्पनी मेट लाइफ शाखा कार्यालयका रुपमा सञ्चालन भएको हुँदा पूँजी आवस्यक नपर्ने भन्दै छुट्टै कम्पनीको रुपमा पूँजी जुटाउने पक्षमा छैन । प्राधिकरण कम्पनी प्रति बढि लचिलो हुँदा पूँजी जुटाउने मामिलामा पेल्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

44%

खुसी

11%

दु :खी

44%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS