काठमाडौं । शेयर बजारको तिब्र उतारचढावले लगानीकर्ता आत्तीएका छन् । लगानीकर्ता आत्तीए पनि उपसूचकलाई हेर्दा बजार पुनः सुधारको लयमा फर्किने संकेत देखिएको छ । आज अन्तिम समयमा जलविद्युत, फाइनान्स, विकास बैंकको शेयर मूल्यमा उछाल आएको छ । आजको अधिकाम्स समय लगानीकर्ता आत्तीएका थिए ।
बजार सुधार होला या नहोला भन्ने चिन्ताले नाफा बुक गरेर बसेका पनि पर्ख र हेरको अवस्थामा थिए । तर अन्तिम समयमा देखिएको सुधारले भोलि पुन बढ्ने संकेत देखिउको छ ।
मंगलबार अन्तिम समयमा नेप्से सूचक सुधार देखिए पनि कारोबार रकममा खासै सुधार हुन सकेन । कारोबार सुरु हुने वित्तीकै तल झर्न थालेको नेप्से सूचक अन्तिम समयमा ८.१४ अंकले सुधार भएर बन्द भएको छ ।
मंगलबार नेप्से सूचक सुधार भएर २१७३.२४ अंकमा रोकिएको छ । कारोबार रकम भने तीन अर्बमा खुम्चिएको छ । आज १०९ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा ८९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । सानिमा जिआइसीको शेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य ४० रुपैयाँले बढेर ४४४ रुपैयाँ कायम भएको छ । त्यस्तै सूर्यदय ओमी लघुवित्त र शिवश्री हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।