IME Life

मोलुङ्ग हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय लम्बियो

SPIL
NIC ASIA

काठमाडौं । पुस १९ गतेदेखि विक्री खुला गरेको मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने समय लम्बिएको छ । कम्पनीले माघ ३ गतेसम्म माग बमोजिम आवेदन नपरेपछि माघ १० गतेसम्मको अवधि थप गरेको थियो । पहिलो चरणमा म्याद थप भएको अवधिमा मागबमोजिम आवेदन नपरेपछि दोस्रो पटक माघ १५ गतेसम्मको अवधि थप गरेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि आईपीओ विक्री गरेको हो । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि भने कम्पनीले माघ ३ गतेसम्म आवेदन माग गरेको थियो ।

Prabhu
Crest

कम्पनीले २ लाख ७२ हजार ८५० कित्ता आइपीओ वैदेशिक रोजगारीमा गएका नेपालीका लागि विक्री गरेको हो । आयोजना प्रभावित स्थानीयमा भने जारी पूँजी  ८० करोड २५ लाखको १० प्रतिशत दरको ८ करोड २ लाख ५० हजार बराबरको ८ लाख २ हजार ५०० कित्ता शेयर विक्री खुला गरेको हो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरीएको १० प्रतिशत शेयरमध्ये ५ प्रतिशत ओखलढुङ्गाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरूमा विक्री गरिनेछ भने २ दशमलव ५ प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दा र २ दशमलव ५ प्रतिशत सिद्धिचरण नगरपालिकाका बासिन्दाहरूमा विक्री गरिनेछ । लगानीकर्ताहरूले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ ।

कम्पनीले ओखलढुङ्गामा ७ मेगावाटको क्षमताको मोलुङ्गखोला जलविद्युत् आयोजना निर्माण गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS