काठमाडौं । साताको पहिलो कारोवार माघ ९ गतेका दिन स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको शेयर मूल्यमा माथिल्लो सर्किट लागेको छ । कम्पनीले सार्वजनिक गरेको दोश्रो त्रैमासको वित्तीय प्रतिवेदनलाई हेरेर आज लगानीकर्ताहरु आकर्षित भएका हुन् ।
कम्पनीको बजार मूल्य ९ दशमलव ९८ प्रतिशतले वृद्धि हुँदै ५०५ दशमलव ८० पुगेको छ । कम्पनीको ८ करोड ६१ लाख बराबरको शेयर खरिद बिक्री भएको छ।
सो कारोवार मध्य ब्रोकर नम्बर ५८ बाट सर्वाधिक खरिद भएको छ । ब्रोकर नम्बर ५८ बाट १ करोड ९४ लाख बराबरको खरिद हुँदा दोश्रोमा ब्रोकर नम्बर ५० बाट १ करोड ५४ लाख बराबरको खरिद भएको छ । त्यस्तै तेश्रोमा सर्वाधिक खरिद भएको ब्रोकर नम्बर ३८ बाट ८० लाखको खरिद भएको छ।
त्यस्तै बिक्री तर्फ ४२ नम्बर ब्रोकरबाट १ करोड २७ लाख र सर्वाधिक दोश्रोमा ब्रोकर नम्बर ४५ बाट ८८ लाखको शेयर बिक्री भएको छ ।