काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १३ दशमलव ७१ अंकले घटेर २,१६५ दशमलव १० को विन्दुमा कायम भएको छ । आज १६६ कम्पनीकोे शेयर मुल्य घटेको छ भने ४१ कम्पनीको शेयर मुल्य बढेको छ ।
अआज सबैभन्दा धेरै आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सानिमा जिआइसीका लगानीकर्ताले ९ दशमलव ९९९ प्रतिशतका दरले कमाएका छन् । कुमारी बैंकका लगानीकर्ताले पनि ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।