काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को लाभांश घोषणा सम्बन्धि पत्र नेप्सेमा कारोबार समयमा उपलब्ध गराएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम सो संस्थाको शेयर कारोबार रोक्का गरेको जनाएको छ ।
साथै नेप्सेले के कति कारणले यस्तो हुन पुगेको हो कारण खुलाई तीन दिन भित्र स्पष्टिकरण समेत पेश गर्न आग्रह गरेको छ ।