काठमाडौं । आज सोमबार सुन चाँदीको भाउ बढेको छ। हिजो आइतबार तोलामा १ लाख ५ हजारमा कारोबार भएको भएको छापावाल सुन आज तोलामा ३ सयले बढेर प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजाबी सुनको भाउ पनि तोलामा ३ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ ५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।