Connect IPS
IME Life

एफवान सफ्टले सम्पन्न गर्यो बैंकर्स मिटअप २०२३ कार्यक्रम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल प्रालिले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत एफवान बैंकर्स मिटअप २०२३ कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ । यस कार्यक्रममा एफवान सफ्टको दृष्टिकोण, पछिल्ला दिनमा उत्पादन भएका प्रविधिबारे छलफल भएको थियो । उक्त कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्रका तथा एफवान सफ्ट ग्रुपका अग्रणी व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा एफ्वान सफ्ट इन्टरनेशनलको तर्फबाट पछिल्ला समयमा विकास भएका प्रविधि,मोबाईल बैंकिङ्गमा प्रयोगकर्ताको विकास र विश्वास, आम मानिसले मोबाईल बैंकिङ्गलाई कुन रूपमा प्रयोग गरिरहेका छन् भन्ने विषयमा छलफल भएको थियो । साथै कार्यक्रममा पछिल्ला दुई वर्षमा डिजिटल माईक्रो कर्जा र कर्जा प्रवाह (फोनलोन) बाट देखिएका प्रभावका विषयमा छलफल भएको थियो । कार्यक्रममा आगामी दिनमा बैकिङ्क क्षेत्रमा मोबाईल बैंकिङ्गको क्षेत्रमा थप कसरी सुविधा दिन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो ।

Prabhu
Crest

राजधानीको याक एण्ड यति होटलमा आयोजना भएको उक्त कार्यक्रममा एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले भने ‘ हामीले आयोजना गर्ने सबैभन्दा महत्वपूर्ण कार्यक्रम मध्ये बैंकर्स मिट अप एक हो । यो कार्यक्रममा एफवान सफ्टले लिइरहेको दिशालाई कसरी सञ्चार गर्ने भन्ने कुरामा छलफल गर्न पाउँदा खुशी लागेको छ । हामीले बैंकिङ्ग उद्योगबाट प्राप्त गरेको विश्वास र समर्थन हाम्रो लागि महत्वपूर्ण छ । यो कार्यक्रमले हामीलाई थप हौसला मिलेको छ र हामी हाम्रा साझेदारबाट थप सुझावको अपेक्षा गरिरहेका छौँ ।

एफवान सफ्ट इन्टरनेशनल डिजिटल बैंकिङ्ग र बित्तीय क्षेत्रमा प्रविधि मार्फत सेवा प्रदान गर्ने अग्रणी फिनटेक कम्पनी हो । सन् २००४ मा स्थापना भएको यस कम्पनीले प्रविधि मार्फत बैंकिङ्ग क्षेत्रमा रहेका समस्यालाई समाधान गर्दै बैकिङ्ग भुक्तानी प्रणाली तथा यस क्षेत्रलाई प्रविधिमा आवश्यक पर्ने थप अनुसन्धान तथा प्रयोग गर्दै आइरहेको छ ।

कम्पनीले नेपालको डिजिटल अर्थतन्त्रको इकोस्टिम निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । कम्पनीले डिजिटल अर्थतन्त्रका लागि नयाँ नयाँ किसिमका प्रविधिको विकास गर्दै आइरहेको छ । हाल एफवान ग्रुप अन्तर्गत इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर, बससेवा, दियालो टेक्नोलोजिज लगायतका दर्जनौ कम्पनी सञ्चालनमा रहेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS