IME Life
Beema Board

समयमै लेखापरीक्षण सम्पन्न गर्ने एक मात्रै जीवन बीमा कम्पनी ‘मेट लाइफ’, यस्तो छ कम्पनीको रणनीतिक कार्यशैली

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरु मध्ये मेट लाइफले सबैभन्दा पहिला र समयमै लेखापरीक्षण प्रतिवेदन तयार पारेको छ । कम्पनीले पुस मसान्तभित्रै लेखापरीक्षण तयार पारेर नेपाल बीमा प्राधिकरणमा स्वीकृतिका लागि पेश गरेको छ ।

कम्पनीले लाभांश प्रस्ताव सहित लेखापरीक्षण प्रतिवेदन प्राधिकरण समक्ष बुझाएको हो । कम्पनीले बीमितहरुका लागि गत आर्थिक वर्ष २०७८/७९ को बोनसदर समेत सार्वजनिक गरिसकेको छ । कम्पनीले गत वर्षको भन्दा केहि बढाएर लाभांश रकम पनि प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा २६ करोड ५० लाख रुपैयाँ नगद लाभांश दिएको थियो ।

Prabhu
Crest

अमेरीकन जीवन बीमा कम्पनी मेट लाइफको शाखा कार्यालयको रुपमा सञ्चालन भइरहेकोले मेट लाइफ नेपालको चुक्ता पूँजी छैन । कम्पनीको सम्पुर्ण जोखिम मुख्य कम्पनीले नै बहन गर्नेछ । अर्को तर्फ स्थापना हुँदा शाखा कार्यालयकै रुपमा स्थापना गर्न अनुमति दिएकै कारण मुख्य कम्पनीले छुट्टै चुक्ता पूँजी कायम गर्न मानिरहेको छैन ।

अन्य कम्पनीले अघिल्लो आर्थिक वर्षकै लेखापरीक्षण गर्न नसकेको अवस्थामा मेट लाइफले भने समयमै गत आर्थिक वर्षको समेत लेखापरीक्षण सम्पन्न गरेको हो । अन्य जीवन बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षकै लेखापरीक्षण गर्न नसक्दा लाखौ रुपैयाँ जरिवाना तिर्नु पर्ने अवस्थाको सिर्जना भएको छ ।

बीमा ऐन २०७९ मा आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्रमा अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न गरिसक्नु पर्ने व्यवस्था गरेको छ । यदि ६ महिना भित्रमा सम्पन्न गर्न नसकेमा माघ महिनाको पहिलो साता प्रतिदिन २५ हजार रुपैयाँ, पहिलो सातामा नसकेमा दोस्रो साताको हकमा प्रतिदिन ५० हजार रुपैयाँ र त्यस पछि अर्थात माघ १५ गतेदेखि प्रतिदिन एक लाख रुपैयाँको दरले जरिवाना तिर्नु पर्छ ।

बीमा ऐन २०७९ कार्तिक २२ गतेदेखि लागु भएको थियो । यसले गर्दा प्राधिकरणले पहिलो पटकको लागि ऐन लागु हुनु भन्दा अघिल्लो वर्षको लेखापरीक्षणको हकमा यो नियम लागु नगर्ने तयारीमा छ । चालु आर्थिक वर्षको हकमा भने यो नियम लागु गर्ने पक्षमा समिति छ । तर यस विषयमा अदालतमा मुद्दा पर्यो भने त्यसको व्याख्या अदालतले गर्नेछ । र सोहि अनुसार प्राधिकरणले जरिवाना गराउन बाध्य हुनेछ । एक्चुरीयल मूल्याङ्कनको बहानामा लेखापरीक्षण गर्न नसकेको बताउदै आएका जीवन बीमा कम्पनीहरुलाई मेट लाइफले भने प्रश्न उब्जाइदिएको छ ।

कसरी सम्भव भयो मेट लाइफको समयमै एक्चुरीयल मूल्याङ्कन र लेखापरीक्षणको काम
जीवन बीमा कम्पनीहरुमध्ये मेट लाइफले लेखापरीक्षणको काम समयमै सम्पन्न गर्ने गरेको छ । यसका लागि कम्पनीले छुट्टै टाक्स फोर्स बनाएको हुन्छ । प्रायः कम्पनीहरुले सफ्टवेयरमा ‘म्यानुअल चेन्ज’ गर्न मिल्ने बनाएका हुन्छन् । यसले गर्दा क्लोजिङ पछि पनि कारोबार इन्ट्रि गर्नेदेखि लिएर अन्य कामहरु हुन्छन् । यस्तो कार्यशैलीले गर्दा एक्चुरियल मूल्याङ्कनको काम नै एक दुई महिना पछाडी सुरु हुन्छ ।

मेट लाइफले भने आफ्नो सफ्टवेरमा ‘म्यानुअल चन्ज’ गर्न मिल्ने बनाएको हुँदैन । यदि कुनै अभिकर्ताले साउन एक गते व्यवसाय ल्याएर असार मसान्त भित्रको देखाइदिन भन्यो भने त्यो सम्भव नै हुँदैन । यस्तो हुने वित्तीकै मेट लाइफको आन्तरिक लेखापरीक्षकले साउन एकगतेदेखि नै लेखापरीक्षण तथा एक्चुरियल मूल्याङ्कनको काम सुरु गर्छ ।

मेट लाइफलाई अन्य कम्पनीको भन्दा केहि सुविधाहरु छन् । मेट लाइफ बहुराष्ट्रिय कम्पनी भएको हुँदा यसका फुल टाइम एक्चुरी हुन्छन् । जस अनुसार भारतबाट मेट लाइफमा ४ जना एक्चुरीले पुर्णकालिन काम गर्छन् । त्यस्तै हङ्कङबाट २ जनाले पुर्णकालिन एक्चुरीको काम गर्छन् ।

मेट लाइफले नेपालमै पनि एक्चुरी अध्ययन गरेका र पुर्ण रुपमा एक्चुरी उपाधी हासिल नगरेका व्यक्तिलाई कर्मचारीको रुपमा नियुक्त गरेको छ । उनिहरुले त्रैमाशिक अवधि समाप्त हुने वित्तीकै आवस्यक काम गरिसक्छन् । त्यस्तै मेट लाइफको सबैभन्दा सौन्दर्य पक्ष यसले लेखापरीक्षण तथा एक्चुरीयल मूल्याङ्कनको काम नियम अनुसार समयमै सम्पन्न गर्नका लागि टाक्स फोर्स बनाएको हुन्छ । उनिहरुहरुलाई यस्तो निर्देशन दिइएको हुन्छ कि सिमा अवधिमा जसरी पनि सक्नै पर्छ । यदि सकिएन भने उनीहरुलाई फेलियर बनाइन्छ र स्पष्टिकरण सोधिन्छ । जसले गर्दा उनिहरुले दिनराज नभनी काम गर्छन् । आवस्यक पर्यो भने थप जनशक्ति उपलब्ध गराइन्छ तर काम सक्नै पर्छ ।

साथ साथै पुर्णकालिन एक्चुरीले पनि आन्तरिक तयारीका लागि मद्दत गरिरहेका हुन्छन् । कम्पनीले नियामक क्षेत्रबाट हुने ढिलाइलाई समेत ख्याल गर्दै एक्चुरीयल मूल्याङ्कन तयार पारिसक्दा लेखापरीक्षणको समेत काम गरिरहेको हुन्छ । प्राधिकरणले एक्चुरियल मूल्याङ्कन स्वीकृत गरिसक्दा कम्पनीले केहि दिनमै लेखापरीक्षणको प्रतिवेदन तयार पारिसक्छ ।

यसले गर्दा मेट लाइफ अन्य कम्पनी भन्दा पहिलो हुन्छ । जवकी यहि समयमा नेपालका अन्य जीवन बीमा कम्पनीहरुले बल्ल बल्ल एक्चुरी खोजिरहेका हुन्छन् । अन्तिम समयमा एक्चुरी खोज्दा समयमा काम सकिदैन । एक्चुरीले पनि समय दिन सक्दैन । अनि कम्पनीहरुको बहाना बन्छ ‘एक्चुरीले नै समयमा मूल्याङ्कन बुझाउदैनन अनि हामीले कसरी समयमा लेखापरीक्षण गर्न सक्छौ ।’

अन्य कम्पनीहरुले पनि यहि अभ्यासलाई नपच्छ्याउने हो भने आगामी वर्षदेखि लाखौ रुपैयाँको जरिवाना तिर्नुको विकल्प हुँदैन । यस वर्ष प्राधिकरणले कम्पनीहरुलाई माया गर्दै ऐनलाई नै कुल्चिएर कारबाही नगरे पनि आगामी वर्षदेखि कुनै पनि बहानामा कारबाही नगरी सुखै छैन । मेट लाइफले नेपाल बीमा प्राधिकरणबाट लाभांश वितरणको स्वीकृति पाउने वित्तीकै लेखापरीक्षण प्रतिवेदन लगात विभिन्न वित्तीय विवरण सार्वजनिक गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

96%

खुसी

0%

दु :खी

1%

अचम्मित

2%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS