Connect IPS
IME Life

शेयर बजार गिरावटको पहिलो झट्का बीमा कम्पनीमा, ११ वटाको सुधार कायमै ९ को घट्दा कसको कति (सूचिसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा सामान्य गिरावट आउदा बीमा कम्पनीको शेयर मूल्यमा पहिलो झट्का लागेको छ । गत सातामा हाल कारोबार भइरहेका २० बीमा कम्पनी मध्ये ११ वटाको शेयर मूल्यमा सुधार कायमै छ । बाँकी ९ वटा कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ ।

गत साता राजनीतिक गतिविधिका कारण दोस्रो बजारमा तिव्र उताचढाव देखिएको छ । सरकार समिकरणका विषयमा बाहिरिएका कतिपय कुराहरुले शेयर बजारलाई प्रभावित पार्यो । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शेयर लगानीकर्तामा खुसी ल्याए पनि उनले भने जस्तै अर्थतन्त्रमा सुधारको संकेत देखिएको छैन । त्यस्तै बैंक व्याजदर अझै घट्न संकेत देखिएन । बैंकहरुले निक्षेपको व्याजदर घटाए पनि बैंकिङ प्रणालीमा तरलता अभावको समस्या यथावत छ । तरलता अभावको समस्या समाधान नहुँदा यसको असर शेयर बजारमा पर्यो ।

Prabhu
Crest

पुस महिनामा शेयर बजार एकोहोरो सुधार हुँदा करेक्सन हुन सकेको थिएन । त्यसैले पनि पछिल्लो साता दोस्रो बजारमा करेक्सन देखिएको हो । बजार बढे पछि घट्छ यो बजारको सामान्य नियम नै हो । तर देशको आर्थिक राजनीतिक गतिविधिले बजारलाई प्रत्यक्ष अप्रत्यक्ष असर गर्छ ।

बजारमा सुधार हुन थाले सँगै कम्पनीका सामान्य सूचनाले पनि ठुलो असर गर्छ । फेरि बजार तल झर्न थाले सँगै सामान्य सूचनाले घटाउछ । यसै क्रममा बीमा क्षेत्रमा पनि मर्जरका सूचनाले दोस्रो बजारमा राम्रो प्रभाव पार्यो । गएको महिनामा मर्जरमा नजाने बीमा कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने सूचनाले बजारमा ठुलो प्रभाव पार्यो । यसै क्रममा कतिपय बीमा कम्पनीको मूल्यमा उछाल नै आयो ।

यस साता ति कम्पनीको शेयर मूल्यमै ठुलो गिरावट देखियो । यस साता सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ४८ रुपैयाँले बढ्यो । एशियन लाइफको शेयर मूल्य ३१ रुपैयाँले बढेर ७१५ रुपैयाँ कायम भएको छ । यस साता सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीको शेयर मूल्य १२६ रुपैयाँले घटेर ७६९ रुपैयाँमा झरेको छ ।

दोस्रो बजारका अल्पकालिन लगानीकर्ताले बीमा कम्पनीको शेयरमा उछाल आउल आउदा राम्रो कमाउछन् । साथै होल्ड गर्ने लगानीकर्ताले भने बिक्री नगर्दा खासै लाभ लिन सक्दैनन् । अझै पाँच वटा कम्पनीको शेयर कारोबार हुन सकेको छैन । मर्जरको सहमति गरेका सगरमाथा, लुम्बिनी, गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफको शेयर बन्धक छ । यि कम्पनीका शेयरधनीले यस पटक दोस्रो बजारबाट लाभ लिन सकेनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

75%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS