Connect IPS
IME Life

दोस्रो त्रैमासमा सिटिजन्स बैंकको मुनाफा घट्दा यस्तो देखियो समग्र वित्तीय अवस्था

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा ३२ दशमलव ११ प्रतिशतले कमी भएको हो । गत वर्ष १ अर्ब २३ करोड खुद नाफा गरेको बैंकले यस वर्ष ८४ करोड १३ लाख मात्र खुद नाफा आर्जन गरेको हो ।

गत वर्ष ७ करोड २३ लाख रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष ६१ करोड ९२ लाख रहेको हो । गत वर्ष १ अर्ब ६९ करोड ५८ लाख सञ्चालन नाफा गरेको बैंकले यस वर्ष २९ दशमलव ७१ प्रतिशत कम संचालन मुनाफा गरेको छ । यस अवधिमा कम्पनीको संचालन मुनाफा १ अर्ब १९ करोड १९ लाख रहेको छ ।

Prabhu
Crest

यस बैंकको चुक्ता पूँजी हाल १४ अर्ब २० करोड ९ लाख ७४ हजार रूपैयाँ छ । बैंकको वितरणयोग्य नाफा यस अवधिसम्म ५ करोड ५७ लाख रूपैयाँभन्दा बढी छ । रिटेन्ड अर्निङ १० करोड ७१ लाख रहेको बैंकको जगेडा कोष रकम ५ अर्ब ६४ करोड ७२ लाख रहेको छ ।

बैंकले यस वर्ष गत वर्षभन्दा ४ दशमलव ३७ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने साढे ५ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । यस वर्ष १ खर्ब ५९ अर्ब ४८ करोड निक्षेप संकलन गरेको बैंकले १ खर्ब ३८ अर्ब ५७ करोड कर्जा प्रवाह गरेको हो ।

गत वर्ष १ दशमलव ८७ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष २ दशमलव ९९ प्रतिशत पुगेको हो । दोस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी ११ रूपैयाँ ८५ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १४० रूपैयाँ ५२ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS