IME Life
Beema Board

स्ट्याण्डर्ड चार्टर्ड बैंकको मुनाफामा ६१ प्रतिशतको बृद्धि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको नाफा ६१ दशमलव ३६ प्रतिशतले बृद्धि भएको छ । गत वर्ष १ अर्ब ८ करोड खुद नाफा आर्जन गरेको छ । यस कम्पनीले यस वर्ष १ अर्ब ७५ करोड खुद नाफा आर्जन गरेको हो ।

दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने १ अर्ब रुपैयाँ रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा ७५ करोड ४६ लाख बढी थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा भने गत वर्षभन्दा करीब ६२ प्रतिशत बढी छ । गत वर्ष १ अर्ब ५५ करोड रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष २ अर्ब ५१ करोड सञ्चालन नाफा गरेको छ ।

Prabhu
Crest

कम्पनीको चुक्तापूँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रूपैयाँ कायम रहेको छ । कम्पनीको रिटेन्ड अर्निग २ अर्ब ३९ करोड रहेको छ । जगेडा कोष रकम ६ अर्ब ६३ करोड रहेको छ ।

गत वर्षभन्दा करीब १० प्रतिशत बढी निक्षेप संकलन गरेको कम्पनीले २ दशमलव ३२ प्रतिशत बढी मात्र कर्जा प्रवाह गरेको छ । कम्पनीले १ खर्ब २ अर्ब ७१ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ८१ अर्ब ३ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

गत वर्ष शून्य दशमलव ४४ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा यस वर्ष बढेर शून्य दशमलव ७२ प्रतिशत पुगेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ३७ रूपैयाँ १९ पैसा र प्रतिशेयर नेटवर्थ १९५ रूपैयाँ ७३ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS